logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    दश वर्षे खुसीयाली (सम्पादकीय)


    २२ भाद्र २०७८ , मंगलबार

    दश वर्षे खुसीयाली (सम्पादकीय)
    कमल रायमाझी, सम्पादक

    कमल रायमाझी, सम्पादक

    लुम्बिनीखबर पत्रिकाले दशौँ वर्ष पूरा गरेर ११ औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा आफ्नो जन्मदिन मनाएको छ । पत्रिकाको जन्मदिन सदाको भन्दा फरक र भिन्न प्रकारको भएको छ । विभिन्न उतार–चढावका बीच जन्मिएको यो पत्रिकाले स्थापनापछि आफ्नो १० वर्षे कार्यकालको विषयमा समीक्षा गर्दै जन्मदिन मनाएको हो । विगतमा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुसँगै छलफल गरी मनाउने गरेको जन्मदिन यो वर्ष आन्तरिक रुपमा मनाएको छ । साप्ताहिक पत्रिकाबाट शुरु भएको पत्रिकाको प्रकाशन अहिले अर्ध–साप्ताहिक रुपमा नियमित प्रकाशन भैरहेको छ । लुम्बिनीखबर सञ्चार गृह प्रा.लि.को मातहतमा रहेर प्रकाशन भैरहेको पत्रिकासँगै अब यो सञ्चार गृहले समता टेलिभिजनको पनि शुभारम्भ गरेको छ । यो अवधीमा पत्रिकाबाट सिकेको सञ्चार अनुभव टेलिभिजन र अनलाईनमा सदुपयोग गरिने छ । यो वर्षको जन्मदिनमा पत्रिका सञ्चालक, कर्मचारी र पत्रकारबीच छलफल गरी भव्य रुपमा मनाएको छ । विशेष रुपमा पत्रिकाको साथसाथै अनलाइन मिडिया र टेलिभिजनलाई अगाडि बढाउने योजनाका लुम्बिनीखबर सञ्चार गृह प्रा.लि.ले खेल्नुपर्ने भूमिकाका विषयमा समीक्षा गरिएको हो । पत्रिकालाई दैनिक रुपमा प्रकाशन गर्ने टेलिभिजनलाई देशभर पुराउने र उत्कृष्ट कार्यक्रमहरु पस्किने योजना हाम्रो रहेको छ । हामीले दश वर्षसम्मको अनुभवलाई अझ सशक्त रुपमा अगाडि बढ्ने विषयमा गहन छलफल र समीक्षा गरेका छौं । सञ्चारको क्षेत्रलाई गरिब, दुःखी र असाहयको पक्षमा सहारा भन्ने संकल्पलाई समेत पुन दोहोराएका छाँै । हाम्रो अभियान सदैव राष्ट्र, राष्ट्रियता र नेपाली जनताको पक्षमा हुने कुरामा पनि विश्वास दिलाउन चाहान्छौं । सञ्चार क्षेत्रमा काम गर्दा विभिन्न दुःख समस्याहरु पर्ने गरेका छन् । त्यसको न्युनीकरणको लागि राज्यले खेल्नुपर्ने भूमिका निकै न्युन छ । यसमा समेत ध्यान दिन विभिन्न पत्रकारसँग सम्बन्धित निकायले ध्यान दिनु पर्दछ । पत्रकारिताको क्षेत्रमा देखिएको विकृतिहरुको अन्त्य र व्यवसायी पत्रकारहरुको पक्षमा राज्यले कदम चाल्नुपर्ने हामीले यो दश वर्षमा अनुभव गरेका छाँै । राज्यको चौथो अंगको रुपमा रहेको सञ्चारक्षेत्रलाई संस्थागत गर्दै अगाडि बढ्ने हो भने समाजको विकास र समृद्धिको समेत सुरुवात हुनेमा दुइमत छैन । यसका कारण हाम्रो मिसन भनेको नेपाली जनताको पक्षमा काम गर्नु हो । यसै गरि अहिलेसम्मको दश वर्ष पूरा भएको उपलक्ष्यमा भदौ १८ गते जन्मदिनको खुसीयाली मनाएको छौँ । यसले हामीलाई अगाडि बढ्ने थप जोसजागर र हौसला दिने छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.