एलिना आचार्य
रूपन्देहीको सिदार्थनगरपालिका वडा नं ९ मा अवस्थित विन्दवासिनी मिसिजु आधारभुत विद्यालयमा पुस्तकालय स्थापना गरिएको छ ।
लायन्स क्लब अफ सिदार्थ लेडी युथकी निवर्तमान अध्यक्ष एवं एल.आई.सी.डिस्ट्रिक ३२५ पि डिस्ट्रिक प्रोग्राम मेम्बर तनु शर्मा कसौधनको सक्रियता तथा कुसुमलता शर्मा कसौधनको सहयोगार्थमा पुस्तकालयको स्थापना गरिएको हो ।
क्लबको माई भिलेज एडप्सन , निती अन्तर्गत रही २४ डिसेम्बर २०२१ मा तनु शर्मा कसौधनको नेतृत्वमा लायन्स क्लब अफ सिदार्थ लेडी युथ अवस्थित गोनहियालाई सहयोग गर्दै आएको थियो । विगतका वर्षमा पनि क्लबले यस ठाउँको स्थानीयको विकासको निमित्तमा विभिन्न सहयोग तथा कार्यक्रम गर्दै आएको हो । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि लायन्स ३२५ पि २ का डिस्ट्रिक गभर्नर नवराज न्यौपानले क्लबले विगत देखी नै नयाँ विचारमा काम गर्दै आएको बताउँदै, यस क्षेत्रका बालबालिकाले सहजता पूर्वक नयाँ विषयको अध्ययन गर्न पाउनु बालबालिकाको विकासमा ईट्टाको काम गर्ने कुरामा जोड दिए । त्यस्तै लायन्स क्लब अफ सिदार्थ लेडिका प्रथम उपाध्यक्ष नीपा छेत्रीले क्लबले समाजसेवाको छेत्रमा सदैब सकरात्मक रहने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा लायन्स का पदआधिकारी, यसै वडा अध्यक्षको सहभागी रहेको कार्यक्रमको नेतृत्व लायन तनु शर्मा कसौधनको रहेको थियो भने कार्यक्रम संयोजक लायन स्नेहा कता थापाले गरेका थिए।