असलम खान
मर्चवार,१९ असोज । रुपन्देहीको कोटहीमाई गाउँपालिका कर्मचारी द्वारा निजामती सेवा विधेयक २०८० मा स्थानीय सेवा कर्मचारीहरुको सेवा सुरक्षा लगायतका विषय स्पष्ट नभएको भन्दै देशभरी अन्दोलनरत रहेका स्थानीय तहका कर्मचारी संग एक्याबद्धता जनाउदै कोटहीमाई गाउँपालिकाका कर्मचारी शुक्रबार देखि पेनडाउन गर्ने भएका छन् । विहिबार कोटहीमाई गाउँपलिकाका प्रमुख प्रशाकीय अधिकृत गोविन्द भट्टराईलई जानकारी तथा सहजकीकरण पत्र बुझाउदै माग पुरा नभएसम्म पेन डाउन गर्ने स्थानीय तह कर्मचारी संघ समिति कोटहीमाईका संयोजक मनोहर चौधरीले बताए। नेपाल सरकार मन्त्रिपरिषद्को भदौ २१ गतेको बैठकबाट संघीय निजामति सेवा विधेयक २०८० पारित गरी निर्णयार्थ संसदमा पेश गर्ने निर्णय भएको बताउदै सो विधेयकमा स्थानीय सेवा कर्मचारीहरुको सेवा सुरक्षा लगायतका स्पष्ट नभएको संयोजक चौधरीले बताए । सेवा सुरक्षा सम्बन्धि विषयलाई समावेश गरी मात्र निजामती सेवा ऐन जारी गर्न स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समितिले ‘प्रशासनिक संघियता पूर्ण कार्यन्वयनको आधार, तिनै तहका कर्मचारीको समान अधिकार’ भन्ने नाराका साथ केन्द्र देखि स्थानीय तह सम्म दबावमकुलक अन्दोलन गरिरहेको उनले बताए। दबाव मुलक विभिन्न कार्यक्रम अन्तरर्गत १९ गते देखि देशभरीको हरेक स्थानीय तहमा अति अवश्यक सेवा बाहेक अन्य सबै सेवा बन्द गरी माग पुरा नभएसम्म पेन डाउन गर्ने निर्णय गरिएको संयोजक चौधरीले बताए ।
स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समितिले राखेको २० बुँदे माग पुरा नभएसम्म पेन डाउन जारी राख्ने संयोजक चौधरीले जाकनारी दिएका छन् ।