logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    रुपन्देही प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना


    २८ असोज २०८० , आइतबार

    रुपन्देही प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना

    भैरहवा, २८ असोज । रुपन्देही प्रहरीले चाडपर्वहरुलाई लक्षित गरेर सुरक्षा योजना सार्वजनिक गरेको छ । रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर विकको नेतृत्वमा रहनेगरी सुरक्षा योजना सार्वजनिक गरिएको हो । प्रहरीको सुरक्षा योजनामा सीमा क्षेत्रको सुरक्षा व्यवस्थालाई थप मजबुत पार्नेदेखि वित्तीय कारोबार बढी हुने बैंक–वित्तीय संस्था र सुनचाँदी पसलहरुमा विशेष निगरानी राख्ने जनाएको छ । यसका लागि प्रहरीले मोटरसाइकल गस्तीलाई तिव्रता दिएको देखिन्छ ।

    दसैं, तिहार, छठलगायतका पर्वहरुलाई लक्षित गरी जिल्लाको सुरक्षा योजना सार्वजनिक गरिएको हो । ‘परदेशबाट आ–आफ्नो घर फर्कने क्रममा सीमा क्षेत्रमा ठगिने, लुटपाट हुने, हैरानी खेप्नुपर्ने, सवारी दुर्घटना, पर्वकै मौकामा चोरी–तस्करी हुने र अवैध हातहतियार एवं लागूऔषध ओसारपसार गर्ने काम हुनसक्ने भएको प्रहरी चौबीसैं घण्टा आमनागरिकलाई सुरक्षा दिन लागेका देखिन्छ । त्यसैले अवैध गतिविधि गर्नेहरु प्रहरी कारबाहीमा पर्छन् ।’

    पर्वको मौकामा पटका पड्काउने, आतिसबाजी गर्ने, विभिन्न समूहले देउसीभैलो तथा अन्य सांस्कृतिक कार्यक्रमहरुको नाममा गैरक्रियाकलाप गर्ने लगायतका गतिविधि हुनसक्ने भएकाले त्यस्ता क्रियाकलापलाई नियन्त्रण एवं न्युनीकरण गरी जिल्लाको शान्ति सुरक्षाको स्थितिलाई मजबुत राख्न सुरक्षा रणनीति बनाएर काम गर्ने छ ।
    पर्व लक्षित गरी जिल्लाभर १ हजार २९ जना प्रहरी परिचालन गरिएको छ । जिल्लाभर ४३ वटा पिकेट परिचालन भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । यस्तै, २४ सैं घण्टा १८ वटा समूहमा प्रहरीको पैदल गस्ती गरेको छ । ५० वटा मोटरसाइकलमा भिन्नभिन्न ठाउँमा गस्ती भएको देखिन्छ । यस्ता गस्ती टोलीले बैंक तथा वित्तीय संस्था, सुनचाँदी पसल एवं आर्थिक कारोबार बढी हुने ठाउँमा निगरानी बढी मात्रामा गर्ने गरेका छन् । ‘नागरिकलाई भयरहित वातावरणमा पर्व मनाउने वातावरण सिर्जना गर्ने प्रहरीले जनाएको छ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.