logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    भैरहवामा नयाँ स्वाद चखाउदै सावरिया प्रिमियम स्विटस् (भिडिओ)


    ४ कार्तिक २०८० , शनिबार

    भैरहवामा नयाँ स्वाद चखाउदै सावरिया प्रिमियम स्विटस् (भिडिओ)

    भैरहवा, ४ असोज । रुपन्देहीको सदरमुकाम भैरहवामा नयाँ स्वादका साथ सावरिया प्रिमियम स्विटस् मिष्ठान भण्डार सञ्चालनमा आएको छ । करिब १ महिना अघिदेखि सञ्चालनमा आएको यो मिष्ठान भण्डारमा ग्राहकहरुले नयाँ स्वाद चाख्नका लागि आउने गरेका छन् । सिद्धार्थनगर– ७ स्थित आवारोडमा रहेको यो मिष्ठान भण्डारले गुणस्तरिय मिठाई उत्पादन गर्नुका साथै भोजनालय समेत सञ्चालनमा ल्याएको छ । करिब ५ करोड लगानीमा सञ्चालनमा आएको यो मिष्ठान भण्डारले सावरिया ब्राण्डका ३० प्रकारका मिठाईहरु उत्पादन गर्नुका साथै बिक्री बितरण गर्दै आएको सञ्चालकहरु बताउँछन् ।

    भैरहवा क्षेत्रमा स्तरिय मिष्ठान भण्डारको माग भएको देखेर सावरिया प्रिमियम स्विटस्लाई सञ्चालनमा ल्याएको मिष्ठान भण्डारका सञ्चालक बताउँछन् । सञ्चालक अरुणकुमार अग्रवालले नयाँ स्वादका साथै विभिन्न परिकारको मिठाई र शुद्ध शाहाकारी भोजनले ग्राहकहरुको मन जित्न सफल भएको बताए । उनले बुटवल, परासी कृष्णनगरसम्मका मिठाई पारखीहरु सावरिया प्रिमियम स्विटस्मा आउने गरेका जानकारी दिए । यो मिष्ठान भण्ठार विहान ७ बजेदेखि साँझ ९ बजेसम्म ग्राहकको सेवामा रहेको सञ्चालक अग्रवालको भनाई छ ।


    मिष्ठान भण्डारले ग्राहकको चाहाना अनुसार विभिन्न प्रकारका मिठाई उत्पादनका साथै शुद्ध शाहाकारी भोजनालयको शुरुवात गरेसँगै यस मिष्ठानमा विभिन्न स्थानबाट मानिसहरु सावरिया प्रिमियम स्विटस्को स्वाद लिन आउने गरेका छन् । सफा र सुन्दर वातावरण रहेको यो मिष्ठान भण्डारमा उत्पादन भएका सबै परिकारहरु गुणस्तरिय रहेको ग्राहकहरुले समेत बताएका छन् ।

    गुणस्तरिय, सफा र स्वादिष्ट भोजनका साथै मिठाईहरुको परिकार सावरिया प्रिमियम स्विटस्ले दिएको मिष्ठान भण्डारका ग्राहक रबिकान्त उपाध्यायले बताए । भैरहवा क्षेत्र मिठाईको उच्च माग भएको क्षेत्र हो । यहाँ मिठाई, मठमन्दिरमा प्रसादकारुपमा चढाउन, प्रसाद ग्रहणका लागि विभिन्न शुभ कार्यका लागि, भोज भतेरमा समेत मिठाईको प्रयोग गर्ने गरिन्छ ।

    जन्मोत्सव, पदोन्नती तथा खुशीयालीमा मिठाई खुवाउने प्रचलनले पनि भैरहवाका मिष्ठान भण्डारहरुले राम्रो व्यापार गर्ने गरेका छन् । भैरहवा क्षेत्रमा दर्जनौ मिष्ठान भण्डारहरु छन् । भैरहवामा मिठाईको प्रयोग परम्परागत हो । सवै कामको शुभारम्भ नै मिठाई खुवाएर गर्ने भएकाले पनि यहाँ मिठाईको माग उच्च रहेको छ ।’ पछिल्लो चरणमा स्वास्थ्यलाई ध्यानमा राखेर सुगर फ्री मिठाईहरुकोसमेत उत्पादन हुने गरेको छ । अन्य समयमा भन्दा भैरहवामा चाडपर्वमा मिठाईको माग उच्च हुने गर्दछ । सावरिया प्रिमियम स्विटस्ले उत्पादन गरेका मिठाईका परिकारहरुको पनि ग्राहकको रोजाईमा परेका छन् ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.