logo
  • २५ कार्तिक २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    पवित्र स्थल लुम्बिनीलाई साझा बनाऊ


    १८ चैत्र २०८० , आइतबार

    पवित्र स्थल लुम्बिनीलाई साझा बनाऊ

    महामानव गौतम बुद्धको जन्मस्थल लुम्बिनी हो । यो शान्तिको मुहानको रुपमा समेत परिचित छ । मानव जगतलाई शान्ति र अहिंसाको मार्ग निर्देश गर्ने बुद्धको जन्मस्थल भएका कारण लुम्बिनी संसारभर परिचित छ । यो पवित्र स्थललाई मानव जातिको लागि गन्तव्य बनाउनु पर्दछ । बुद्ध बचनहरु मानव जीवनमा उपयोगी र सत्मार्ग केन्द्रित रहेकाले यसको सन्देश सबै मानिसले अबलम्बन गर्न जरुरी देखिन्छ । सकारात्मक सोच र खुसीका मार्गहरु बुद्ध दर्शनले दिएको छ । बुद्ध दर्शनलाई धर्मका रुपमा अंगिकार गर्ने देशहरुले सकारात्मक सोचको विकास गरेका छन् । त्यस्तै, तनाव व्यवस्थापन गर्ने पद्धतिका लागि समेत बुद्ध ध्यान विपश्यना गर्ने गरिन्छ । यो संसारभर रहेको छ । खुसी र सुखका लागि होस वा सकारात्मक मार्गका लागि होस बुद्ध दर्शन महत्वपूर्ण छ । आजको युगमा मानिसमा देखिएको नकारात्मक सोच र तनावलाई ब्यवस्थापन गर्ने मार्ग पनि बुद्ध मार्ग हुने गरेको छ । सबै धर्म तथा दर्शन संग जोडिएका मानिस हरु बुद्ध विपश्यना गरेर लाभ लिने गरेका छन् । यसले संसारभरका मानिस तथा प्राणी जगतलाई अहिंसाको मार्गमा डो¥याएको छ । लुम्बिनीमा जन्मेका बुद्धले संसारभर आफ्नो अहिंसा र शान्तिको सन्देश दिएको देखिन्छ । बुद्धको सन्देश संसारभरका मानिसहरुले अंगिकार गर्ने गरेपनि लुम्बिनीको विकास र विस्तार सोचे अनुसार भएको देखिदैन । यसको विकास र विस्तार गर्न जरुरी छ । लुम्बिनीलाई पनि बुद्धको महत्वपूर्ण स्थलको रुपमा बिकास गर्नु पर्दछ । यो स्थल बुद्धको जन्मस्थल हो । यहाँ संसारभरका मानिसहरु आउने बातावरण सृृजना गर्ने काम राज्यले गर्नु पर्दछ । यसलाई कुनै व्यक्ति विशेष तथा धर्म विशेषको भन्दा पनि मानव जगतको साझा स्थलको रुपमा विस्तार गर्न जरुरी छ । लुम्बिनीमा आउने पर्यटकलाई दर्शन र ध्यानको अनुभव लिने वातावरण लुम्बिनी विकास कोषले गर्नु पर्दछ । बुद्धले मानवजातिको विकास र उत्थानका लागि आफ्नो जीवन सर्मपण गरेको देखिन्छ । मानवजगतलाई पनि बुद्धका बचन तथा विचारहरु संग जोड्नु पर्दछ । सबैको साझा सम्पति तथा स्थलको रुपमा लुम्बिनीको विकास गर्न सके संसारमा अहिले देखिएको आपसी द्धन्द तथा युद्ध र अशान्तिलाई न्यूनिकरण गर्नमा सहज हुने थियो । नेपालले बुद्धस्थलहरुको विकास र विस्तार गरि पर्यटनका साथसाथै मानिसहरुका लागि सत्कर्म गर्ने मार्ग तयार गर्नु पर्दछ । यो देशमा बुद्ध र उनको सन्देशलाई मात्र प्रयोगात्मक रुपमा अगाडि बढाउनु पर्दछ । लुम्बिनीलाई अशान्ति र व्यापारीकरणमा रुपान्तरण गर्ने प्रयास गरिएको छ । यसको अन्त्य र सबैको साझा सम्पतिको रुपमा विकास हुनु पर्दछ । बुद्धको जन्मस्थल भएका कारण लुम्बिनीको गरिमा र महिमा संसारभर छ । यो स्थल बुद्ध धर्म मान्नेहरुका साथसाथै यो दर्शन र सत्कर्ममा लाग्न चाहाने मानिसका लागि महत्वपूर्ण छ । नेपालले यसको पहिचान संसारभर बाड्न सक्नु पर्दछ । लुम्बिनीलाई मात्र ससारभरका मानिसको केन्द्र विन्दु बनाउने मार्गमा जानु सकारात्मक मार्ग हुनेछ । यसलाई मानवजातिको साझा सम्पतिको रुपमा विकास गर्नु पर्नेछ । नेपालले बुद्धलाई आफ्नो देशमा जन्मभएको भन्ने प्रचार मात्र होइनकी बुद्ध बचनको प्रचार गर्न पर्दछ । त्यसकारण लुम्बिनीलाई सबैको साझा सम्पतिको रुपमा विकास गर्दै मानव जगतको हितमा प्रयोग गरौँ ।

     

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.