logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    बाउन्नकोटी वन लुम्बिनीको “सम्पती” हो


    १ चैत्र २०७२ , सोमबार

    बाउन्नकोटी वन लुम्बिनीको “सम्पती” हो

    कमल रायमाझी
    भैरहवा,  । बाउन्नकोटी सामुदायीयक वन लुम्बिनीको “सम्पती” भएको एक कार्यक्रमका सहभागीले बताएका छन् ।
    कार्यक्रममा सहभागी वक्ताहरुले विश्व पर्यटनको केन्द्र लुम्बिनीको विकासको लागी प्राकृर्तिक सम्पदाले भरिपुर्ण बाउन्नकोटी सामुदायीक वनलाई विकास गर्नुपर्नेमा जोड दिए । उनीहरुले बाउन्नकोटी वन लुम्बिनीको “मोती” भएको दाबी गर्दै यसको संरक्षणमा सबै लाग्नुपर्ने पनि जनाए ।jungle-survival-1
    वक्ताहरुले विश्भरी क्लाईमेट चेन्ज भईरहेको बेला १५४ दशमलब ७५ हेक्टर क्षेत्रफलमा फैलिएको बाउन्नकोटी वनको संरक्षणले लुम्बिनीको सौन्दर्यतामा टेवा पुग्ने पनि जनाए ।
    रुपन्देहीको चिल्हीया, मधवलिया, टिकुलीगढ र पडसरी गाविसमा फैलिएको बाउन्नकोटी सामुदायीक वन वार्षिक साधरण सभालाई सम्बोधन गर्दै जिल्ला वन कार्यलय रुपन्देहीका प्रमुख डिएफओ इन्द्र पछाईले बाउन्नकोटीको बैज्ञानिक व्यवस्थापनमा जोड दिएका छन् । डिएफओ पछाईले लुम्बिनीको काखमा रहेको बाउन्नकोटी वन जस्तो प्राकृतिक सम्पदालाई सहि ढंगले अझै व्यवस्थापन गरेमा स्थानिय आर्यआर्जनमा मा टेवा पुग्नेका साथै वातवरण सन्तुलनकोलागी पनि ठूलो भूमीका खेल्ने जनाउनुभयो ।
    सो अवसरमा सहायक वन अधिकृत विमल ठाकुरले बाउन्नकोटी बनमा पाइने जैविक विविधताले यहांको वातवरण स्वच्छ र शुद्ध राख्न मद्धत पुराएको बताए । सामुदायीक वन उपभोक्ता समिती अध्यक्ष भोला प्रसाद यादवले बाउन्नकोटी वन सवत्र सगुन भन्ने नारालाई चरितार्थ गर्दै वनमा रहेको टिक प्रजातिको काठ, सीमसार, नन्दभाउजु ताल, बाल उद्यान, पिकनिक स्पोर्ट, बनबाटिकाले सुनमा सुगन्ध थपेको भएता पनि बजेट अभावको कारण भनेजस्तो हुन नसकेको जनाउदैं सबैको सहकार्य र सहयोग भए लुम्बिनीको मोतीको रुपमा बाउन्नकोटीलाई स्थापीत गराएरै छाड्ने बताउनुभयो ।
    विक्रम सम्बत २०५८ साल असोज ४ गते बाउन्नकोटी सामुदायीक वनको नाममा स्थानिय जिल्ला बन कार्यलय रुपन्देहीमा दर्ता भएको वन उपभोक्ता समितीले यसको रेखदेख गर्दै आएको छ । तिलोत्तमा नपा भित्र पर्ने साविकको टिकुलीगढ र मधवलियाको वडा नम्बर १७, १८, १९ , २० र २१ तथा पडसरी र चिल्हीया गाविसमा कार्य क्षेत्र रहेको सो बनका ३५ हजार ३ सय ५४ जना सदस्य रहेका छन्।
    करिब ८ हजार घरधुरीका जनतासंग सम्बन्धित सो वनमा टिक, सिसौ जातका विरुवा प्रशस्त पाइन्छन् भने सिमसार पनि रहेको छ ।
    उपभोक्ता एचबी रमा अर्यालले प्रयाप्त क्षेत्रफल भएको बनलाई व्यवस्थीत तरिकाले विकास गरेमा लुम्बिनीको मुहार फेर्न सहयोग पुराउने विश्वास व्यक्त गर्नुभएको थियो ।
    बुटवल भैरहवा व्यापारी मार्गदेखी करिब डेढ किलोमिटर पश्चिम वा रुपन्देही सदरमुकाम भैरहवादेखी ३ किलोमिटर उत्तर पश्चिममा पर्ने सो बनमा कुरीलो, लेमनग्रास, अमला जस्ता जडीबुटी पनि पाइन्छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.