logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    विद्यार्थीको सर्वाङ्गीण विकासमा लिटिल बुद्ध इन्टरनेशनल मन्टेश्वेरी स्कुल


    ८ माघ २०७९ , आइतबार

    विद्यार्थीको सर्वाङ्गीण विकासमा लिटिल बुद्ध इन्टरनेशनल मन्टेश्वेरी स्कुल

    लुम्बिनीखबर
    सिद्धार्थनगर, माघ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७ मा रहेको लिटिल बुद्ध इन्टरनेशनल मन्टेश्वेरी स्कुलले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि वालमैत्री शिक्षा प्रदान गर्दै आएको छ ।
    लिटिल बुद्ध इन्टरनेशनल मन्टेश्वेरी स्कुल को स्थापना वि.स २०६९ साल माघ महिना भएको हो भने साथै यो विद्यालय मन्टेश्वरीमा शिक्षण गर्ने शिक्षक तयार गर्नका लागि तालिम केन्द्रको रुपमा समेत रहेको उर्मिला उपे्रती सिल्वालले जानकारी दिनुभयो । यो विद्यालय नेपाल सरकारले तोकेको मापदण्ड पूरा गरी पूर्व प्राथमिक कक्षा देखि कक्षा २ सम्म संचालनमा रहेको प्रधानाध्यापक सिल्वालले बताउनुभयो । यो विद्यालय काठमाडौंमा रहेको प्रा.लि को रजिस्टर कार्यालयमा कक्षा दुई सम्म दर्ता गराई संचालन गरेको सिल्वालले जनाउनुभयो । विद्यालयमा विद्यार्थीको संख्या १ सय १० जना रहेको जनाउनुभयो । विद्यालयमा तालिम प्राप्त शिक्षक र विद्यार्थीलाई हेरचाह गर्ने तालिम प्राप्त आयाहरुको संख्या २२ जना रहेका छन् । विद्यालयमा कक्षाको तह अनुसार कक्षाकोठा चाहिने श्रव्य सामग्री, दृश्य सामग्री, श्रव्यदृश्य समाग्री,सामग्री राख्नका लागि छुट्टा छुट्टै कर्नर वोर्ड रहेको सिल्वालले बताउनुभयो । कक्षाको तह अनुसारको विद्यार्थीको सर्वाङ्गिण विकामसका लागि भिन्न भिन्न वालवालिकाका लागि भिन्न किसिमको सुविधा दिएको आधारमा शुल्क लिएको सिल्वालले जनाउनुभयो । यो विद्यालय विद्यालयहरुको संगठत रहेको छ । संगठनले तयार गरेको पाठ्यक्रम विद्यालयले प्रयोगमा ल्याएको सिल्वालले बताउनुभयो । पाठ्यक्रम निर्माण गर्दा विभिन्न किसिमका वालवालिका ,अभिभावक ,समाजको माग र राष्ट्रियको आवश्यकतालाई मध्यनजर गरेर छलफल र अन्तरक्रिया गरी योजना निर्माण गरी संचालन गर्दै आएको प्रधानाध्यापक सिल्वालले बताउनुभयो । शिक्षकले शिक्षण गर्नका लागि वार्षिक कार्य योजनलाई आधारमा राखि विभिन्न किसिमका योजनाहरु निर्माण गरी शिक्षण गर्दै आएको प्रधानाध्यापक सिल्वालले जनाउनुभयो । हरेक कक्षाका लागि शिक्षक र आयाको संख्य एक एक जना रहेको प्रधानाध्यापक सिल्वालले बताउनुभयो । प्रत्येक दिन विद्यार्थीलाई पढने, लेख्ने, खेल्ने, रमाउने, नाच्ने ,गाउने खाने, बस्ने ,चित्र बनाउने, शिष्टाचारका कुराहरु, दैनिक गर्ने क्रियाकलाप सिकाउने आदि जस्ता विद्यार्थीको सर्वाङ्गि विकासका कार्यमा जोड दिदै आएको प्रधानाध्यापकले बताउनुभयो । विद्यार्थीहरु चौतफी विकासका लागि सम्बन्धित निकाय तथा सरोकारवालाले आ आफ्नै तर्फवाट सहयोग गर्न पर्छ । सरोकारवाला तथा सम्बन्धित निकायले मन्टेश्वरी तथा पूर्व प्राथमिक विद्यालयका नाममा खुलेकाका विद्यालयहरुलाई समय समयमा अनुगमन निरीक्षण गरी विद्यालयको समस्या वुझिदिन जरुरी रहेको प्रधानाध्यापक सिल्वालले बताउनुभयो । कतिपय मापदण्ड पुरा नगरीकन संचानमा रहेका छन् भने कतिपय विद्यालयहरु मापदण्ड पुरा गरे पनि तालिम प्राप्त शिक्षकको आभावमा , तालिम प्राप्त आयाको आभावमा ,अभिभावकले समयमा शिक्षण शुल्क नबुझाउदाँ, कतिपय अभिभावकले शिक्षण शुल्क नतिर्ने र माग्दा विभिन्न किसिमका धम्की तथा झगडा समेत गर्नमा पछाडि पर्दैनन् यो सबै विषयमा नेपाल सरकार तथा सम्बन्धित निकायले ध्यानमा राखि आन्तरिक र बाह्य सबै पक्षको बारेमा बुझिदिन अनुरोध समेत रहेको प्रधानाध्यापकले बताउनुभयो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.