
जिल्ला बिकास समिती रुपन्देहीले पत्रकारीताको माध्यम बाट जिल्लाको गरिमालाई उच्च राख्ने कार्यमा सहयोग गरेको भन्दै पत्रकार दिपेश पछाईलाई नगद सहित सम्मानीत गरेको छ । जिल्लाको बिकास पत्रिकारीताको क्षेत्रमा उल्लेख्य योगदान गरेको भन्दै जिल्ला बिकास समिती रुपन्देहीले पत्रकार पछाईलाई नगद १५ हजार सहित सम्मान पत्रले संम्मानित गरेको छ । जिबीस रुपन्द्येहीको २३ औ परिषदका अवसरमा कार्यक्रमका प्रमुख अतिथी श्रम रोजगार तथा बाणीज्य मन्त्री दिपक बोहोरा , स्थानीय बिकास अधिकारी युवराज सुवेदिले नगद सहित सम्मान पत्रले संम्मानित गरेका थिए । पत्रकार पछाई मेचिकाली दैनिक बुटवल , लुम्बिनी टेलिभिजन , एबिसी टेलिभिजन , नया पत्रिका दैनिकमा आबद्ध छन ।
त्यसैगरी सोअवसरमा सडक निमार्ण उपभोक्ता समितीका अध्यक्ष मोहन जंग , जिलला बिकास समिती रुपन्देहीका नासु एक नारायण खनाल , सुर्यपुरा गाबिसका सचिव टुक राज पाण्डे, जिल्ला शिक्षा कार्यालय रुपन्देहीका जिल्ला शिक्षा अधिकारी टेक बहादुर थापा , क्रिकेट खेलाडी अनिश खरेल , नमुना उच्च माबीका छात्रा भावना अर्याल , कान्ती उच्च माबीका छात्र मनोज भण्डारी , सेतो गुरास संस्थाकी अध्यक्ष सुमित्रा शर्मा , हरि ओझालाई नगद सहित संम्मानीत गरेको छ । पुरस्कृत संम्पुर्णलाई प्रमुख अतिथी र स्थानीय बिकास अधिकारीले संम्युक्त रुपमा प्रदान गरेका थिए ।