- मिलन गाहा मगर
मगर समुदायको इतिहास लामो र गौरवसाली छ । मगरहरु स्वभाव, संस्कृती, र आफ्नो गुणले एउटा बिछट्टै पहिचान बोकेको एउटा सहनशील र अरुका निम्ती त्याग गर्ने र छिट्टै विश्वास गर्ने समुदाय हो । देशको कुनै पनि कुनामा कुनै पनि क्षेत्रमा र अन्तराष्ट्रिय स्तरमा मगर समुदायको बसोबास उपस्थीति र यसको इतिहास भेटाउन सकिन्छ । मगर समुदायले विगतमा लामो समय २२ से र २४ से राज्य सञ्चालनमा मगर समुदायको ठूलोे उपस्थीति थियो । मगर समुदायले शासन सत्ताको बागडोर समाउदा समानताको र समविकासको अवधारणा थियो । आजको जस्तो तेल घसेका आधारमा काखा र पाखा खुराफात थिएन संघीयताको मोडलमा त्यतीबेलाका राज्य थिए । आजको जस्तो तीन तहका सरकारले आफ्ना मात्र भर्ती गर्ने र गोरु बेचेका साईनो समेत जोडेर सत्ताको दुरुपयोग भएका छन् । पृथ्बीनारायण शाहले वि. सं. १८२५ मा काठमाडांै उपत्यका विजय स्थापित गरेदेखि यताको समय एकात्मक शासन व्यवस्थाको सुरु भएको हो । करीब ३२५ वर्षपछी २०६५ सालमा पहिलो संविधान सभाको निर्वाचन पछि राजतन्त्रको समुल अन्त्यको घोषणा भएको थियो ।
यहि शासन पद्धतीले हिजोका सत्ताहरु ईमानका आधारमा एकीकरण भएका थिए एकीकरणमा मगर समुदायको अद्वितीय योगदान थियो । पृथ्वीनारायण शाहले कुटनैतीक ढंगबाट मरातको राजा आफूलाई घोषणा त्यसै गरेका होइनन् । विश्व युद्धमा भिसी पाउने पनि मगर छन् र विगतमा कुसल शासन चलाएका पनि मगर छन् र परेका बेलामा राज्यलाई काध थापेका पनि मगर छन् ।
मगर समुदायले आफ्नो अधिकार स्थापित गर्दा अरुको अधिकार हनन् हुने कुरा कहिल्यै गरेको छैन पछाडी परेको सबै क्षेत्र, वर्ग, लिंग र समुदायको अधिकार स्थापित गर्ने र आफ्नो कतव्य पनिसंगै पुरा गर्नुपर्ने कुरालाई स्थापित गराउने अभियानमा रहेको अभीयान्ताहरु बताउछन् । फागुन १५ गते ४२ औं मगर दिवसमा पाल्पाका सबै स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् । त्यस्तै गुल्मीका बिभीन्न स्थानीय तह लगायत मगर समुदायको बाहुल्यता रहेको लुम्बिीनी प्रदेश तथा गण्डकीमा समेत कार्यपालिका बिदाको ब्यबस्था गरि मगर दिवसमा एक्यबद्धता जनाएको छ । पाल्पा माथागढीका अध्यक्ष यम चिदीले मगर समुदायको अधिकांस बाहुल्यतथा रहेको माथागढी गाउँपालिका बिदा दिएको र स्थानीय संस्कृतिको जगेर्नामा टेवा पुग्ने काम गरेको बताउनु भएको छ भने बगनासकालीका अध्यक्ष सरस्वती चिदीले पनि सिगो भुगोल नै अधिकांशमगर समुदायको बाहुल्यता रहेकाले पहिचानको कदर कार्यपालिबाट निर्णय गरी कार्यपालिका बिदा दिएको बताउनु भएको छ ।
१८आंै शताब्दीको समयमा पनि मगरले राज्यको नेतृत्व गर्नुले यसको थातथलो नेपाल र यहाँको भूमीपुत्रकारुपमा यो समुदायलाई लिन सकिन्छ । आदिवासी जनजाती समुदायको सबै भन्दा ठूलोे सख्यामा रहेको मगर आज विगतको राज्य व्यस्थाले वहिस्करणमा छ । मगर समुदायको इतिहासमा आफूलाई खोज्ने ठाउँमा छ तर इतिहासले न्याय अन्याय गर्ने भन्दा पनि इतिहास लेख्नेले यसको बैमानी र कपटपूर्ण ढंगबाट लेख्ने कुरा नलेख्ने र नदेखने कुरालाई दस्ताबेजकारुपमा लेख्दा वास्तविक इतिहास पढ्ने अवसर आम जनताले पाएनन् त्यसका आधारमा मगर समुदाय प्रति एउटा भाष्य निर्माण भएको छ ।
आज मगर समुदायले आफ्ना निजी स्वार्थ भन्दा माथि उठेर मुलुक र नागरिकको स्तन्त्रताका लागि उचालेको एक अभीयान थियो जुन राणा शासन बिरुद्धको पहिलो आवाज उठाउने नेपालका प्रथम सहिद क्या. लखन थापा मगर १९३३ मा झुण्डाएर मारीदाको कहाली लाग्दो इतिहास र यसको उपज लोकतन्त्र सुन्दर समाज र त्यागले नपाएको सम्मान जो हाम्रो समाजको बिडम्बना हो ।
यस्ता कदमहरु राज्यको बागडोर हातमा लिने र न्याय तथा स्वतन्त्रता प्रतिको उपहास हो । नेपालको संविधान २०७२ को धारा ३ र ४ मा बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक विविधतायुक्त भौगोलिक विविधतामा राष्ट्रप्रतिको समान आकांक्षालाई जोड दिएको छ । त्यस्तै सार्बभौम समपन्न धर्मनिरपेक्षता, समावेशीता, लोकतन्त्र समाजवाद उन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको व्यवस्था गरेको छ ।
पहिलो संविधान सभाको निर्वाचनले परिकल्पना गरेको र अन्तरिम संविधानमा बिशेष समेट्न खोजिएका र लिपीबद्ध गरिएका कुराहरु धेरै छोडीएर आए केही हदसम्म जनमुखी संविधान भएपनि दोश्रो संविधान सभासम्म आउँदा जनमुखी कुराहरु धेरै कटौती भएर आएको हो । आदिवासी जनजातीले यो संविधानले व्यवस्था गरेको कुरालाई व्यहारिक कार्यान्वयन गर्न र थप अधिकारमुखी बनाउन अनुरोध गर्दै केही रिजर्वेशन राखेका छन् । मगर समुदायले आशा गरेको मगरात एक सभ्यता हो । मगरात जातीय कुरा होइन इतिहासमा समेत १२ मगरात र १८ मगरात गरी गण्डक र लुम्बिीनी क्षेत्र एउटा ऐतिहासिक थात थलो जो मगरात मगर समुदायको सभ्यतासंग जोडिएको बिषय हो । मगरातलाई जातीयताको बिल्ला भिराएर गरिएको प्रोपोगाण्डा अधिकार बिहिन र पहिचान स्थापित हुन नदिने र अस्तित्व स्वीकार गर्न नसकने तप्काले दिएको संज्ञा थियो ।
आजको २१ औं सताब्दीमा पनि यस्ता विविधतायुक्त समाजलाई अस्तित्वमा आउन नदिने जुन प्रपञ्च हो सरासर विकास बिरोधी अभियान हो जसका कारण मुलुक अधोगतीमा दिनगन्ती गनिरहेको छ । मगर समुदायको परमपरा संस्कृती र उतपादनसंग जोडिएका सिपलाई संस्थागत गर्ने कुरामा नजरअन्दाज गरिएको सर्बब्यापी छ । लोकतन्त्रमा सबैले समान ढंगबाट विकसित हुन पाउनु विश्वव्यापी मानव अधिकारसंग सम्बन्धित कुरा हो अन्तर्राष्ट्रिय कानूनले निश्चित अधिकार र कार्यान्वयनमा जोड दिएको छ । आईएलओ १६९ जस्थता महासन्धीमा नेपाल पक्ष राष्ट्र हो आम नागरिकमा जति धेरै अधिकार प्रत्यायोजन गर्न सकिन्छ त्यतिनै राज्यको सफलता प्रतिविम्ब हुन्छ ।
फलस्वरुप संविधान घोषणा र संघीयता कार्यान्वयनको एक दशक पनि नहुंदै सघीयताको बिरुवा मार्ने कोशिस भएको छ । संघीयता फेल गराउन उद्धत भएका बिभिन्न अव्यवहरुले हामीलाई झस्काएको छ । संघीयता र धर्मनिरपेक्षता कसलाई चाहिएको हो । किन चाहिएको हो यसको सार्थकता र गणतन्त्रको मादल बजाउने कुरा के देखावटी हुन सक्छ केबल भाषणमा मात्र सिमित हुन सक्छ कदापी हुन सक्दैन । लामो त्याग तपस्या र बलिदानबाट प्राप्त भएको लोककल्याणकारी राज्यको रुपमा स्थापित हुनु पर्ने दिशामा अगाढी बढ्नुपर्ने हो । यदि यसो हुन सकेन भने सहिदको रगतले पोल्छ है प्रत्यक्ष परोक्षरुपमा हरेक शासकलाई यसको भारी बोक्नुपर्ने हुन्छ क्षण्ािक स्वार्थले मुलुक बर्बाद हँुदैछ ।
यसबाट लामो बिरासत बोकेका उपेक्ष्ाित वर्ग समुदायको उत्थान र यसबाट राज्यले आफ्नो सूचक बढाउने हो जसका माध्यमबाट लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने समाजबाद उन्मुख अभियानमा लम्केको यो अभियानले सबै नागरिकलाई राज्यको आँखाबाट समान सहभागिता दीगो विकास लक्ष्य समाउने दिशानिर्देश गर्न सक्दैन २०३० सम्म यस्ता सूचकहरु पार गर्न सक्ने अवस्थामा मुलुक छैन । लोकतन्त्रमा बितरण प्रणाली समाजबादी अर्थतन्त्रको दृष्टीकोणबाट हेर्न सकिएन भने नारा र भाषणमा मात्र परिवर्तनका अक्षर लेख्न र भन्नका लागि मात्र हुनेछ ।
मगर समुदायमा समान वितरणको संस्कृति स्थापित छ । घरमा जन्मेको सानो बच्चाका लागि पनि समान भाग बिलो लाउने चलन छ । यसरी राज्यको बितरण प्रणाली मगर संस्कृतीमा आधारित हुन सकेमा संविधानले कल्पना गरेको समावेशीताको अक्षरले न्याय पाउन सक्छ । नेपालमा मगर समाज र संघको स्थापना २०१२ सालदेखि नै स्थापित एक अविछिन्न संस्था हो । यसलाई व्यस्थित गर्न समाजको ठूलोे योगदान छ । नेपालमा मगर समुदायले राजनैतिक नभई साँस्कृतिकरुपमा आफूलाई स्थापित गर्दै आए पनि पछिल्लो समय नीति बनाउने थलो राजनीति भएकाले राजनैतिकरुपमा समुदायको विकासलाई प्राथमिकता दिँदै आएको छ ।
नेपालको परिवेश अनुरुप बिभिन्न राजनीतिमा आस्था बोक्ने मगर समुदायहरु एकताको संखघोष गरे पनि राजनैतिक हिसाबमा अनेक आस्थामा विभाजित भएका छन् । लोकतन्त्रमा कुनै पनि दलमा आस्था राख्नु लोकतन्त्रको सुन्दर पक्ष हो यसका आधारमा एक अर्कालाई कटाक्ष गर्नु कदापी राम्रो पक्ष होइन । यसले समविकासमा बाधा अड्चन हुन्छ । नेपालको जनगणना २०७८ अनुसार नेपालको तेश्रो शक्ती मगर समुदाय हो भने जनजातिमा पहिलो जाती मगर समुदायको उपस्थिति बलियो छ । २३ लाख संख्यामा रहेको मगरहरु ७ प्रतिशत छन् । यो शक्तिले आफ्ना लागि यदी सोच्न सके भने कुनै पनि चुनाव मार्फत आफूले चाहेको सत्ता निर्माण गर्ने सम्भावना छ ।
नेपालमा मगर समुदायले बिभिन्न दलका माध्यमबाट आफ्ना प्रतिनिधि बिभिन्न तहका सरकारको नीति बनाउने ठाउँमा पु्¥याउँदा आफ्ना कुराहरु समेट्छन् भन्ने आशा राख्छन् तर त्यो पुरा भएको छैन । हुन नदिँदा समावेशीता आझेलमा छ । संघीय लोकतान्त्रिक गणतन्त्र बिपरित छ ।
आज संविधानको बर्लिलाप राजसंस्थाको पक्षमा वकालत गर्ने कुरा कतिको जायज छ, धर्म निरपेक्षता संविधानको मुल मन्त्र भए पनि धर्मको पक्षपोषण गर्ने नेतृत्वहरुले संविधान बिपरित आफ्ना धारणा राख्न मिल्छ कि मिल्दैन यस कारण व्यवस्था बिरोधी अभिव्यक्तीहरु दिन यो संविधानले छुट दिन्छ की दिँदैन संविधान देशको मुल कानून हो यसको ब्याख्या गर्ने अधीकार सर्बोच्चलाई मात्र हुने या आम नागरिकले यसको गलत ब्यख्या गर्छन् । यसरी लथालिंग बनाउने र व्यवस्था प्रतिको नागरिकमा गलत धारणा बनाउने अवस्था श्रृजना गर्ने छुट हुन हुँदैन ।
यो परिवर्तनमा जनतालाई सडकमा उतार्दा बिभिन्न पक्षबाट क्षती भएको छ । गणतन्त्रको बिरुवा मौलाउन नदिने नेतृत्व र व्यवस्था प्रति निरासा पैदा गर्ने जस्ता कार्यहरु किमार्थ स्वीकार्य हुन सकदैन एक हिसाबमा जुनसुकै व्यवस्था आए पनि सिमितको घेरामा रहने कारण नागरिकमा निरासा आउनु पर्ने कुराको पनि जस अबजस नेतृत्वकर्ताले लिनुपर्छ । गणतन्त्र हुर्काउने भन्दा पनि यसको जग भत्काउन उद्धत हुने प्रवृत्तीको अन्त्य हुनु जरुरी छ । नागरीकले पनि व्यवस्था जोगाउने र गलत प्रवृत्ती मास्ने कुरामा आवाज उठाउन जरुरी छ यत्तिको स्वतन्त्रता कुनै व्यवस्थामा पनि हुन सक्दैन । जहाँ आदिवासी जनजाति बिभिन्न भूगोल, मधेश महिला साथै सबैले कहिलेकाही आफ्नो प्रतिनिधित्व राज्यका अंगहरुमा पाउन सके विगतमा महिलालाई दोश्रो दर्जा दिने शासन व्यवस्था आज राष्ट «प्रमुखको भूमिका पाउन सके यो सुन्दर पक्ष हो । आफ्नो अस्तित्व जोगाउने र व्यवस्था जोगाउने हाम्रो कर्तव्य हो ।
यहि व्यवस्थामा मगर समुदायले उपराष्ट्रपति विभिन्न मन्त्रीहरुको अनुहार देख्न सकेका हुन् । यही व्यवस्थाका माध्यमबाट मगर समुदायले आफ्नो अस्तित्वको खोजी गर्न सक्छ । आफ्नो प्रतिनीधि नीति निर्माणमा पु¥याउन सक्छ । यसको लागि लोकतन्त्र हो सबैभन्दा कोही लोकतन्त्रबादी छ भने त्यो मगर समुदाय हो जुन कुरा कसैले नकार्न सकिदैन । मगर समुदायको आनदोलन विगत सयांै वर्षदेखिको हो तर विधिवत संघर्षको मैदानमा विगत ४२ वर्षदेखिको हो । यो आन्दोलन हिजो के थियो आज के छ र भोली के हुने रणनीति छैन जसले मगर समुदायलाई गन्तव्यमा पु¥याउन सक्दैन र मुलुक परिवर्तन समुदायको विकास बिना सम्भव छैन कुनै पनि समुदाय पछाडी रहँदा कुनै राज्यको विकास सम्भव छैन ।
त्यसैले समविकासको नीति नै लोकतन्त्र हो शब्दको लोकतन्त्रले कसैको चुलो बल्ने वाला छैन । ११ सय भन्दा बढी थर उपथर भएको बिभिन्न संस्कृति बोकेको समुदाय धनी समुदाय कहिल्यै व्यवसायिक हुन सकेन जसका कारण आर्थिक विकासमासमेत बाधा पुगेको छ ।
नेपालका केही परिवर्तनले जातीय पहिचानको मुद्धालाई जबरजस्त स्थापित गर्न खोजे पनि शासन व्यस्थाले यसको सार्थकता पाउन सकेको छैन ।
पहिचानका सन्दर्भमा गोपाल किरातीले एउटा पुस्तकमा लेखेका छन् जनयुद्ध हुँदै प्रथम संविधानसभा छेउँछाउँसम्म जातीय मुक्तीको पहिचान आन्दोलनमा दृढतापूर्वक लडेका माओबादी नेताहरु त्यस पछि पहिचान मुद्धाले पार्टी बिगा¥यो भन्न थालेका कुरामा नेताहरु पुँजीबाद र सामन्तबादी चरित्रमा डुबेको कुरा उललेख छ ।
समुदायले मागेको पहिचान कुनै जात विशेष होइन, पहिचान मानव समुदायको कडी हो र पहिचान भूगोलको स्वतह हुने कुरा हो भने मानवले आफ्नो अस्तित्वसंग जोडेर हेरेको हुन्छ, चाहे त्यो औपचारिकरुपमा पाओस् कि नपाओस्, पहिचान कहिल्यै मर्दैन, यो सदा जिवित रहन्छ, जबसम्म समुदाय रहन्छ ।
पहिचानको कुरा जबजब उठ्न थाल्छ त्याहाँ जातीय संज्ञाले स्थान पाउछ सञ्चार माध्यम त्यसको पछि लाग्छ । मूल धारका सञ्चार माध्यमले यसलाई स्थापित गराउन सकेमा मुलुकमा लोकतन्त्रले सार्थकता पाउन सक्छ र दीगो विकाश लक्ष्यलाई सार्थक बनाउन सक्छ यो पक्का हो ।
मुलुक परिवर्तनमा सञ्चारको भूमीका अब्बल रह्यो व्यवस्थालाई संस्थागत गर्न अल्मलियो । लोकतन्त्रका अव्यवहरुलाई हुर्किने कुरामा यसका आयामहरुमा ध्यान जान सकेन ।
विगतको राज्य व्यवस्थाले लाहुरे बनेको प्रथाले आज पनि नराम्ररी जरा गाढेको छ । स्वदेशमा भविष्य खोज्न नसक्दा हुने बेफाइदाहरु धेरै छन् । रेमिट्यान्स मात्रै प्यारो हुने नेपालको अर्थतन्त्रले विकाशको मूल फुटाउन नसके पनि कर्मचारी पाल्न केही टेवा पुगेको छ ।
कर्मचारी तन्त्र शब्दमा राष्ट्रसेवक हो, तर स्वार्थसहितको कामले मुलुक परिवर्तनमा थप योगदान गर्न सकेको छैन भने राजनैतीक नेतृत्वले पनि नीतिगत तहमा कर्मचारीको व्यवस्थापन गर्न सकेको छैन हायर एण्ड फयरको नीति आवश्यक छ । कर्मचारीको काम अब डिजिटल बनाउनु नै भ्रष्टाचार उन्मुलनको एउटै बिकल्प हो । अर्को तर्फ इमानका हिसाबमा मगर समुदायले नेतृत्व गर्न सक्छ ।
विविधतायुक्त नेपाली समाज एउटै जाती, एउटै धर्म र एकात्मक कुराको डम्फु बजाउने हो भने कुनै पनि युगमा विकाश हुन सक्दैन, ठोकुवा गर्न सकिन्छ । मगर समुदायको पनि ठिक यही कुरा हो मगरले आफूले आफूलाई चिन्न सकेको छैन चिनेकाले उपयोग गर्न सकेको पनि छैन । यहाँ भित्र पनि बिभेद्हरु धेरै छन् । धनीगरिब, पढेलेखेकानपढेका र बिभिन्न भूगोल सुकीला मुकिला र थाङ्गनेको उपमा दिएका हुनेखानेका शब्दमा लामो बिरासत बोकेको शासन सत्ता सञ्चालन गरेको मगर समुदायमा शासकीय सोँचको बिकास हुन सकेन जसका कारण सत्ता कौवालाई बेल हुन सक्छ । एकले अर्काको अस्तित्व स्वीकार्न नसक्ने, आफूले पनि नजान्ने र अरुले भनेको पनि नसुन्ने मगरको आम प्रवृत्ती हो ।
तर मगरले भन्छ मगर एकता दिवस मलाई थाहा पाउन मन लागेको मगर समुदायको एकता के हो । २५ वर्षदेखि सञ्चार माध्यममा कार्यरत छु । मगर समुदायले म बाट केही लिन पनि खोज्दैन सक्दैन र मैले पनि दिन सकेको छैन सारमा एकता दिवसले कस्तो खालको एकताको रटान गरेर शन्देश दिन खोजेको हो बुझ्नै सकेको छैन । हरेक वर्ष फागुन १५ मा बाहुनलाई गाली गरेर एकताको शन्देश दिन खोज्ने ३६४ दिन मस्त निद्रामा सुतेर समुदायको विकास असम्भव छ ।
एकातिर राज्य नागरिकको समस्या प्रति उत्तरदायी छैन नागरिकका समस्याहरु उत्तिकै छन्, आशाहरु धेरै छन्, सरकार सत्ता र कुर्चीका लागि जस्तो सुकै गठबन्धन गर्छन् । नागरिकको समस्या प्रति राजनीतीको गठबन्धन हुन सकेन भागबण्डामा चलेको सत्ता मोहले लोकतन्त्र नै लाजमर्दो बनाई सके दलहरुले के व्यवस्था प्रति बेवास्ता हो त । की नालायकी पन हो । बिरोध आयो भने बिरोधै ग¥यो भन्ने होला तर लोकतन्त्र हो यसको मूल्य मान्यता र यसको आधारमा शालीन बिरोधका शैलीलाई नजर अन्दाज नगरांै सुधार गरौं सुधार हुन सक्छ । एक पटक दुबै छिमेकी मुलुकतर्फ हेरेर लाज मान्ने सँस्कृतिको विकास गरौन त । मगर दिवस कहिलेसम्म मनाउने हो । दिवसको सार्थकता के हो ? आज हरेक पर्बमा तीन तहका सरकारले आफ्ना तर्फबाट बिदा दिन सक्छ मगरको पर्व के हो ? मगर समुदायका लागि राज्यले कुन दिन बिदाको व्यवस्था गरेको छ । यसको जवाफ कहिबाट पाउन सकिन्छ । नेपाल मगर संघलाई साझा बनाउन वडा तहदेखि केन्द्र सम्म बनाउन आबस्यक छ । अमुक अमुक आबरणमा जिल्लादेखी नै आफ्नो ठाउँमा रबाफ देखाउने हुटीट्याउँहरुले आकाश थाम्ने कुरा जस्तो एकताको र्याइर्याईको कुनै तुक छैन ।
नेपालका बिभिन्न राजनैतिक दलहरुमा मगर समुदायलाई भातृ संस्थाकोरुपमा सत्ताको भर्याङ्ग बनाउने कडी बनाइएको छ जब अधिकार दिने संघारमा पुग्छ तब जातीयताको बिल्ला भिर्नुपर्ने अवस्था आउछ र निरीह बन्नु पर्ने अवस्था आउछ यस्ता प्रवृित्तलाई सभ्यता मान्न सकिदैन । माल पाएर चाल नपाएको मगर समुदायको लोभलाग्दो जनसंख्या, संगठन भाषा, सँस्कृती, परम्परा यसको जगेर्ना मात्रै गर्न सकेको खण्डमा सत्ता सहकार्यमा आउन सक्छन् । यो समुदायले चाहेको खण्डमा आफ्नो विकास राज्यको विकास पनिसंगै लैजान सकछ यसरी जुनसुकै सरकार र दललाई एक ठाउँमा उभिएर धक्का दिन र आड भरोसा पनि दिन सक्नेछ । राज्यसंग अधिकार माग्ने होइन, मानब अधिकारको मूल्य र मान्यताका आधारमा संविधानको मर्म र भावना अनुरुप आफ्ना कुराहरु नियम संगत दरिलोसंग राख्न सक्नु नै एकताको शन्देश हुन सक्छ । चक्का जाम गर्ने र तोडफोड गर्ने र राज्यको सम्पत्ति नष्ट गरेर मात्र आन्दोलन हुने होइन तर सरकारले त्यती नगर्दासम्म नसुन्ने प्रचलन भने जिवितै छ । यो अव्यवस्थालाई मगरात सभ्यताले अंगीकार गर्न सक्नुपर्छ विविधताको गहना राज्यले स्वीकार्न सक्नु पर्छ । मगर दिवसका अवसरमा मिसन ८४ ले मगर सभ्यता मगराँत र नेपाली एकताको सन्देश दिन सकोस यहि कामना छ ।