logo
  • २५ कार्तिक २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    बुटवलमा १० किलो गाँजासहित एक जना पक्राउ


    २२ फाल्गुन २०८१ , बिहिबार

    बुटवलमा १० किलो गाँजासहित एक जना पक्राउ

    बुटवल, २०८१ फागुन २१ – लागू औषध कारोबारविरुद्ध कडा निगरानी राख्दै आएको प्रहरीले बुटवल उप–महानगरपालिका–८, सुख्खानगर धर्मपथबाट ठूलो मात्रामा गाँजा बरामद गरेको छ।

    गोप्य सूचनाको आधारमा लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा रुपन्देही र वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको विशेष प्रहरी टोलीले जिल्ला पाल्पा, रम्भा गाउँपालिका–३, हुमिन स्थायी ठेगाना भएका ३५ वर्षीय गणेश कुँवर मगरलाई पक्राउ गरेको हो।

    प्रहरीले कुँवर मगरको शरीर तथा निजको सुत्ने कोठामा विधिवत रूपमा खानतलासी गर्दा लोवेड भित्र राखिएको रातो जेब्रा झोलाबाट १० किलो गाँजा बरामद गरेको छ। उक्त गाँजा निलो प्लाष्टिकमा खुला र साना पोका बनाई एकै ठाउँमा मिसाइएको अवस्थामा फेला परेको थियो। साथै, लागू औषध बिक्री तथा वितरणका लागि प्रयोग गरिने हाते काँटा (तराजु) समेत बरामद गरिएको छ।

    यस घटनामा संलग्न व्यक्ति विरुद्ध लागू औषध गाँजा कसूर अन्तर्गत इलाका प्रहरी कार्यालय बुटवलले थप अनुसन्धान गरिरहेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुरज कार्कीले घटनाबारे जानकारी गराउँदै अवैध लागू औषध कारोबार नियन्त्रणका लागि प्रहरीले निरन्तर निगरानी बढाइरहेको बताए।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.