कपिलवस्तु नगरपालिका वडा नम्बर १ निवासी ने.क.पा. (माओवादी केन्द्र) का जिल्ला समिति सदस्य मो इमरान खाँ यही असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा वडा नम्बर १ मा वडा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्दै छन ।

मो इमरान खाँ ने.क.पा. माओवादी केन्द्रको तर्फबाट कपिलवस्तु नगरपालिका वार्ड नं. १ अध्यक्षका उम्मेदवार
मर्चवारको असुरैना गाविसका तत्कालिन प्रधानपञ्च स्व.हजुरबुवा हबिब खाँ को नाति तथा कृषि बिकास बैकंको भु.पु. स्टाफ मुमताज खाँ को छोराको रुपमा कपिलवस्तुको साविक नगरपालिका वडा नम्बर ३ हाल कपिलवस्तु नगरपालिका वडा नम्बर १ मा जन्मिएका इमरान खाँ लामो समय देखि कपिलवस्तु नगरपालिका मा पत्रकार पेशामा रहि सबैको मर्का बुझि सत्य तथ्यमा आफनो कलम बाट सबैलाई न्याय दिलाउने, विकास निर्माण र सामाजिक क्षेत्रमा तथा क्रियाशिल रहेका छन । प्रस्तुत छ स्थानीय तहको निर्वाचनको सेरोफेरोमा इमरान खाँसगं गरिएको कुराकानीको अशं
तपाई कपिलवस्तु नगरपालिका वार्ड नं. १ मा वडा अध्यक्षको उम्मेदवार हुनुहुन्छ ? यहाँको उम्मेदवारी किन र के का लागि ?
म विगत १४ वर्ष देखि नै यस वडाको स्थायी बासिन्दाको रुपमा पत्रकार एवम समाजसेवीको रुपमा काम गर्दै आएको छु । सम्पूर्ण विकास निर्माणका कार्यहरुमा पहल तथा निगरानी गर्दै आएको छु । नाली, सडकको सरसफाइ देखि लिएर मिस्कट, गिट्टी खसाल्न पहल गर्ने र केन्द्रीय बजेटलाई वडासम्म ल्याई विकास काममा निरन्तर रुपमा लागेको छु । महिला तथा पिछडिएको समुदायको उत्थानको लागि समय समयमा सिपमुलक तथा आयमुलक कार्यक्रमहरु वडामा ल्याएको छु, जसका कारण महिलाहरु आत्मनिर्भर भएका छन । म वडा अध्यक्षको पदमा पुग्नु भन्दा पनि समग्र वडाको विकासको लागि र वडावासीको सेवा गर्न उम्मेदवारी दिएको छु ।
कपिलवस्तु नगरपालिका वार्ड नं. १ मा विशेष गरी कस्ता समस्याहरु छन ?
यस वडामा विशेष गरी अव्यवस्थित सडक र नालीका कारण वर्षायाममा डुवानग्रस्त हुने समस्या छ । सडक÷बाटो को खाचो, जनसमुदायमा जनचेतनाको कमिका कारण बिगत का दिनमा नगरपालिका तथा जि बि स बाट कति बिकासका रकमहरु फिर्ज भएको छ ।
तपाईले वडा अध्यक्षमा जित्नु भयो भने वडालाई कस्तो बनाउने खाका कोर्नुभएको छ ?
मतदाताले मलाई वडा अध्यक्षमा जिताउनुभयो भने म वडा भित्र रहेका सम्पूर्ण सार्वजनिक जग्गाको पहिचान गरी संरक्षण गर्ने, सामुदायिक विद्यालय मा शैक्षिक गुणस्तर सुधार्ने, वडा भित्र रहेको मदरसामा स्थायी शिक्षकको दरबन्दीको व्यवस्था गर्ने, विभिन्न स्थानमा सार्वजनिक शौचालयको निर्माण गर्ने, वडा समितिको कार्यालयको आफ्नै भवन निर्माण गर्ने, नेपालकै खाद्यान्न भण्डारकोे रुपमा परिचित गल्लामण्डीमा वैज्ञानिक खाद्यान्न भण्डारलाई सञ्चालनमा ल्याउने, हरेक समुदायबीच सामाजिक सदभाव कायम गराउने, वडा भित्र रहेका पुरातात्वीक, धार्मिक स्थलहरुको संरक्षण गर्ने, अव्यवस्थित मासु पसललाई व्यवस्थित गर्न पशु बधशाला निर्माण गर्ने, सार्वजनिक धर्मशाला, मुस्लिम धर्मशाला, ब्यायारीहरु लाइ मर्का नपर्ने गरी ब्यायारीहरु लाई ब्यवस्थित गराउने ।
तपाईको चुनाव जित्ने आधार के हो ?
म अहिले सम्म पदीय दायित्वमा नरहे पनि जनताको काम गर्दै आएको छु र पत्रकारिता क्षेत्रमा रहि कतिपय कार्यहरुगरेको पनि छु । विकास निर्माणको कार्यहरु जस्तै नाला, सडक, सरसफाई लगायतका कामहरु गर्दै आएको छु । मलाई विश्वास छ मतदाताले मेरो कामको मुल्यांकन गरेर मलाई अवश्य नै अत्याधिक मतले विजय गराउनुहुनेछ ।
अन्त्यमा तपाईले आफ्ना वडाका मतदाताहरुलाई के भन्न चाहनुहुन्छ ?
अन्त्यमा म कपिलवस्तु नगरपालिका वडा नम्बर १ का सम्पूर्ण विकासप्रेमी जनतालाई स्थानीय तहको निर्वाचनमा उम्मेदवारहरुलाई राम्रोसंग चिनेर मात्र भोट दिन अनुरोध गर्दछु । म जतिसुकै बेला पनि जनताको काममा नै सक्रिय भएर लागेको कुरा सबैमाझ सर्वविदितै छ । अरु बेला व्यापार व्यवसायमा मात्र लाग्ने र जनताको काममा खासै ध्यान नदिने तर निर्वाचनको बेला झुठो आश्वासन बाड्ने उम्मेदवारहरुसंग सजग रहन म सम्पूर्ण मतदाताहरु समक्ष विशेष अनुरोध गर्दछु । विकासको प्रत्याभुति गर्नका निम्ति गोलाकार भित्रको हसिंया हथौडामा मतदान गरी विजयी बनाइदिनुहुन हार्दिक अनुरोध गर्दछु । अहिले को चहाना युवा हुन ।