logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    अमेरिका यात्रा


    ३ भाद्र २०७५ , आइतबार

    अमेरिका यात्रा

    लक्ष्मी शर्मा

    यो पटक म 2074 चैत 25 गते युएसए का लागि कतार एयर प्लेनबाट काठमाडौंबाट
    ४ः१५ मा उडेँ । लगभग ४ घण्टा १५ मिनेटको समयमा कतार एयरप्लेनले कतार पु¥यायो ।

    त्यो प्लेन भित्र छेउ छेउमा ३÷३ जना बस्ने सिट थियो भने बिचमा ४ जना बस्ने सिट थियो । एक लाइनमा १० जना अटाउने ठूलो बोइङ भित्र चिने जानेका कोही थिएनन् म एक्लै थिएँ । त्यो पातालतिर भासिने क्रममा मेरो मन एक ठाउँमा टक्क अडिएको जस्तो भएको थियो । कुनै कौतुहल पनि थिएन मनमा , कारण यो भन्दा ४ वर्ष अघि पनि म यिनै बाटो हुँदै यु .एस .ए गएकी थिएँ । म कतारमा जाँदा अँध्यारो हुन लागेको थियो । म संग बोइङमा चढेका यात्री आफ्ना आफ्ना गन्तव्यतिर लागिसकेका थिए । म पनि १२ घण्टाको ट्रान्जिट भएको हुनाले सूचना पाउने ठाउँमा सोधपुछ गर्न गएँ । तिनीहरुले बाहिर होटलमा जानुहुन्छ ? को छ साथमा भने । मैले म एक्लो छु एयरपोर्ट भित्रकै होटल मिलाईदिन भनेँ । म एक्लै देखेर उनीहरुले मलाई एयरपोर्टभित्रको होटलमा कोठा मिलाई दिए । म सोधपुछ गर्दैै हिँड्ने क्रममा थिए । एकजना नेपाली भाई भेटेँ । उनले त्यही म वस्ने होटलमा काम गर्ने भएकाले उनै भाइसँग खानेकुराको र भोली कति बजे होटलबाट निस्कने भन्ने बारेमो सोधे । उनले भोली फोन आउँछ अनि होटलबाट निस्कनु भने, होटलको रुममै लगेर छाडिदिए ।

    प्लेनभित्र खाना राम्ररी खाएको हुनाले भोक थिएन म हात मुख धोएर फे्रस भएर । घुत्रुक्क सुतेँ । भोलिपल्ट बिहान ४ बजे ब्यूँझेर झटपट नुहाएँ । सकसकाउँदा ओछ्यान छोए पनि मैलो लाग्ला जस्ता बाथरुम । कति जनाले प्रयोगमा ल्याएको होला त्यो कोठा अनि बाथरुम , तर पनि कति सफा । सुत्दा पनि आनन्द आउने त्यस्तो ओछ्यानमा सुतेर तिनीहरुकै बाथरुम अनि नुहाउने सावर जेल प्रयोग गरेर म आफू तरोताजा भएको महशुस गरेँ ।

    बाहिरको वातावरण आफू अनुकूल बनाइएका ती होटल हामी नेपालीका पहुँच भन्दा माथिका दृृष्टिकोणले बनाइएको देखेँ । एयरपोर्ट भित्र कति सफा त्यति ठूलो कतारको एयरपोर्ट भित्र कतै फोहोरमैला देखिन । मेरो कोठाको फोन बज्यो, मलाई भनियो तपाई कोठाबाट निस्किएर १२ए गेटमा जानु बोर्डिङ पासको बेला भयो ।

    मैले ओके भनेँ । म तयार थिए । बेलुका खाना नखाएको हुनाले ब्रेकफास्ट मगाएर खाइसकेकी थिएँ । तुरुन्त झोला टिपेर म निस्किएँ । म लिफ्टबाट माथि लागेँ । त्यहाँ देखेँ, सल्ल वग्ने बाटाहरु । तिनै सलल्ल बग्ने बाटामा आफ्नो हेण्डक्यारी र आफूलाई उभ्याएँ । १२ ए गेट देखियो, उत्रेर आफ्नो भिसा देखाएँ । उनीहरुले भिसा हेरेर छाप लगाए । अनी हेण्डक्यारी, हाते ब्याग मेसिनमा राखेर, मलाई चेक गरेर भित्र गेटमा बस्न दिए । म आफ्नो गन्तव्यमा बसेर यताउता हेर्दै थिएँ । माथि टाउको तिरबाट देखियो कि सलल्ल सलल्ल गरेर ट्रेन कुदिरहेका मैले आफ्नो मोबाइलमा ती नौलो चित्र कैद गर्न खोजेँ । तर त्यो ट्रेन यति छिटो कुद्थ्यो कि फोटो खिच्न पनि गाह्रो । बल्ल बल्ल गरेर १÷२ वटा फोटो लिएँ । अनि सोचेँ होइन, यो ट्रेन कता जाने होला । कसलाई कता लिएर गएको होला । कौतुहलता मनमा लिएर बसेँ, कसैलाई सोधपुछ गरिन । त्यहाँ त्यति बेला सोधपुछ गर्ने समय पनि थिएन ।

    अमेरिका जाने अन्तिम गन्तव्य ह्युस्टनका लागि गेट फेला पारेर म बसी सकेको थिएँ । सोच्दै थिएँ, कतारले समुद्री बालु बालु भएको ठाउँलाई ठूलो एयरपोर्ट बनाएर संसारमा चिनिन सफल हुन्छ भने हाम्रो प्रकृतिले हराभरा भएको देशलाई बुद्धिजीवी, विचारकहरुले अलिकति दिमाग लगाएर कहिले संसारलाई चिनाउने सोच ल्याउने होला भन्ने लाग्यो ।

    हामी नेपाली नयाँ नौलो कुरा गर्दैमा खिल्ली उडाउँछौँ । भन्ने र गर्ने व्यक्तिलाई सिल्ली बनाउँछौँ । नेताहरुलाई गाली मात्र गर्छौँ, नौलो सोच एकजनाले नसोची, सपना नदेखी त्यो सपनाको साकार नभई देश विकसित कसरी होला ? ८ः१५ बिहान कतार टाइम बिहानी मा यूएसएका लागि उडेको क्यु आर ७१३ बोइङले उडान भ¥यो, पाङग्राहरुले जमिन छाडे । एकनास प्लेनको निरस आवाज गुन्जियो । वैज्ञानिकहरुले विभिन्न चिजको आविष्कार गरे । मान्छेलाई सुविधायुक्त अनेकौँ कुरा बनाए । तर प्लेनको आवाजलाई मिठो गिती धुन दिन सकेनन्, यतातिर सोचेनन् । निराश लाग्दो हुँहुँ, धुु धु गर्ने नेपालका प्लेन चढ्दा पनि त्यही त्यस्तै आवाज कतार, अमेरिकाको प्लेनको पनि । त्यही आवाज सुन्दा सुन्दा वाक्क लाग्ने अनि मन नरमाइलो हुने, १६ घण्टा १० मिनेटको प्लेनको यात्रा आँखा झिमिक्क नगरी बित्यो । म ठीक टाइममा बेलुकी अमेरिका ५ः१५ मा ह्युस्टन एयरपोर्टमा पुगे । एयरपोर्टको बाहिर भागमा बसिरहेका एकजना कालाजाति अमेरिकन युवकलाई वाईफाई मोबाइलमा जोडिदिन पासवर्ड राखिदिन आग्रह गरे । उनले सहजै राखिदिए । मेरो नेट चल्यो मैले छोरी ज्वाईँलाई सम्पर्क गरेँ ।

    ज्वाईँ साहेब ट्राफिक जाममा परेकोले केही बेरपछि आइपुग्नुभयो र हामी एयरपोर्टबाट बाहिर निस्कियौँ । मेरो यात्रा खत्तम भयो । म काठमाण्डौबाट हिँडेको नेपाली आइतबार बेलुकी त्यहाँ अमेरिकी समय सोमबार पुगेकोले म एकछिन त होइन कसरी छिट्टै आइपुगेँ भन्ने पनि लाग्यो तर नेपालमा मंगलबारको बिहान भैसकेको थियो ।

    अमेरिकामा मेरो मन लाग्नु, मन लोभ्याउने वस्तु भनेको अहिलेको समयमा मेरो सानो नाति हो । उसँग जो दिनचर्याले मेरा बालापन साथै आफूले जन्माएका साना बच्चाहरुको झल्को याद दोहो¥याउने क्रममा छु । कहिले बच्चा जस्तै बन्छु नातिसँग, नाती साथी भएको छ । सानो भएपनि उ मेरा कुरा बुझेको झैँ गर्छ । जे गर बाबु भन्छु उ पनि उसै गरिदिन्छ ।

    बालसुलभपन उसको औधी रमाइलो लाग्छ । उ खिसिक्क हाँस्दा लाग्छ सयौँ सूर्यको लालीमा म देखिरहेछु । हृदयमा एउटा मिठो झंकारले दिएको अनुभूति बटुल्दै सँगाल्दैछु ।

    २०७५÷१÷१
    आज नयाँ वर्षको दिन नेपाल सम्झिएँ, नेट खोलेर हेरेपछि । काठमाडौंबाट वासु अधिकारीको टोली आएर टेक्सासको ड्यालसमा गजल साँझको कार्यक्रम गरेका रहेछन्, खुशी लाग्यो । हामी नेपाली अमेरिका भनेपछि भुतुक्क हुन्छौ । सहजै पुग्न नसकिने भएर होला, सपनाको देश मान्छौँ । सात समुन्द्र पारीको देश ३६ घण्टाको हवाइ यात्रा पार गरेर पुग्ने ठाउँ, अमेरिका । तरपनि अमेरिकामा बसेका नेपाली साहित्यका साहित्यिक मनहरुले नेपालबाट साहित्यकार बोलाएर गर्ने कार्यलाई चानचुने भन्न मिल्दैन । अमेरिकामा बस्ने नेपालीहरु अति व्यस्त हुन्छन् ।

    हप्तामा २ दिन छुट्टी हुन्छ, त्यस दिन काम गर्न थाँती राखेका कति काम हुन्छन् । अरु दिन मेसिन जस्तै जोतेको शरीर सुस्ताउने, आराम गर्ने दिनलाई ख्याल नराखी सात समुन्द्र पार नेपालबाट साहित्यिक मित्रहरु झिकाएर गजल साँझ राखेर, अतिथि बटुलेर, दर्शक झिकाएर भव्य कार्यक्रम गर्नु, अतिथि सत्कार गर्नु यो अत्यन्त प्रशंसनीय कुरा हो । ड्यालसका साहित्यिक मनलाई हृदयदेखि धन्यवाद दिएँ ।

    अमेरिकामा पनि आमाको मुख हेर्ने औँशी भयो । नेपालमा मात्र आमाको मुख हेर्ने औँशी हुन्छ भन्ने सोचेको थिएँ । अमेरिकामा बस्ने नेपालीलाई झन् यस्ता कुराहरुको जानकारी नेटको सुविधाले गर्दा अत्यन्त छिटो थाहा हुने रहेछ । यसपटक आमा खुवाउने औँशीमा मैले आमाको स्वर्गे भएपछि वृद्धा आमाहरुलाई भेटर केही खाने कुरा खुवाउने गर्थेँ, त्यो भने गर्न पाइन । जेठी छोरीले यो पटक म अमेरिका भएकोले छोरी ज्वाईँ साहेब दुवैले मलाई (लाउने, खानेकुरा) उपहार दिएर आमा खुवाउने औँशी मनाए । मैले पनि हृदयदेखि आर्शिवाद दिएँ । आफूले जन्माएका बच्चाहरुको उन्नति प्रगति होस् भन्ने चाहना कसका आमाबाबालाई नहुने हो र । मैले पनि इश्वरहरुसँग सबैले गर्ने चाहना दोहो¥याएँ ।

    अमेरिकामा बस्ने नेपालीहरु सुख सुविधा भएका ठाउँमा बसेका छन्, तर पनि दुःखमा उनीहरुलाई धेरै दुःख हुन्छ । आफन्तीहरु नभएका ठाउँमा बिरामी भइहाले, बच्चा जन्मँदा, मर्दा, पर्दा गाह्रो अति नै हुन्छ ।

    तैपनि त्यहाँ गईसकेका बसोबास गरेकाहरु नेपाल आउन खोज्दैनन् । त्यहाँ जाँगर र सीप हुनेले काम गर्ने ठाउँहरु धेरै छ । तर नेपालमा जाँगर हुनेहरुले काम गर्ने थलो पाउदैनन् । काम गर्ने ठाँउ, पैसा कमाउने पेशा नपाएर नेपालीहरु कतार, दुबई जान बाध्य छन् ।

    अब भने प्रदेश सरकारले नेपालमा पनि प्रत्येक प्रदेशमा एउटा फ्याक्ट्री लगाउनुपर्छ । जहाँ जाँगर र सीप भएका व्यक्तिहरुले सहजै काम पाउँछन् । लुगा कपडा सिलाएर लगाउने झन्झट गर्नु पर्दैन सबै उमेरलाई ध्यानमा राखेर रेडिमेट कपडा उत्पादन फ्याक्ट्रि वाट हुन्छ ।

    अविकसित देश, विकासोन्मुख देशलाई विकसित मुलुकको दाँजो गरेर हुँदैन । तरपनि मिहिनेत गर्न खोज्ने जनतालाई मिहिनेत गर्न दिनुपर्छ । अमेरिकामा राति ९ बज्दा बल्ल झमक्क साँझ हुने । म इभिनिङ वाकबाट ९ बजे फर्कन्थेँ । सबैका घर अगाडि २,३ गाडी देखिन्थे । गाडी राख्ने ग्यारेज २ वटा गाडी हुनेका घरमा २ वटा ३ वटा हुनेकोमा ३ वटा ग्यारेज बनाउँछन् । तर हिउँ पर्दा जाडोमा भित्र राखेपनि गर्मीमा मैले सबैका घर अगाडि नै गाडी राखेको देखेँ । सबैको घर अगाडि २ वटा रुख, बिरुवा, घाँसे चौर हुन्छ । त्यहाँ राज्यले दिएको नियम सबैले परिपालन गर्छन्, त्यसैले होला । घर आँगन, हराभरा छन्, कतै खाली जमिनमा माटो देखिँदैन । कि त घाँसे चौरको, गलैँचा कि प्लाष्टर हुने भएकोले बाटोघाटो, धुँवाधुलो रहित छन् । मैले अमेरिकन व्यवस्थापकलाई मनमनै स्यालुट गरे । घर अगाडि कति जग्गा छोड्नुपर्ने नियम अनुसार कोरिएका बाटोहरु कुनै जनताले यो मेरो तेरो गर्नै नपर्ने नियम कानुन अनुसार स्वचालित छन् ।

    विकसित मुलुक र विकासोन्मुख देशमा धेरै कुराको भिन्नता महसुस गरेँ । यो मेरो नितान्त आफ्नै सोचाई हो ।
    विकसित देश अमेरिका
    (१) सधैँ चिन्तन मननमा लागिरहने, कसरी मानवहरु सुखी रहन सकिन्छ भन्ने अनुसन्धान खोज गर्ने, लाउने, खाने, बस्ने, आधारभूत चिज भन्दा माथिको सोचमा मग्न । कामसँग मात्र मतलब राख्ने बानी भएका ।

    (२) रुपको राम्रो नराम्रोको कुरा नगर्ने सबैलाई राम्रो देख्ने, सबै प्रति हाई, हेल्लो भनेर बोल्ने चलन, खिस्स हाँस्ने, अर्काको खिस्सी ट्युरी नगर्ने ।

    (३) धैर्यता भएका असहाय वृद्धा अपाङ्गलाई अघि बढाउन बाटो छाडिदिने । घच्चा लगाई लगाई अगाडि हुनुपर्छ भन्ने मान्यता नराख्ने आफ्नो पालोमा मात्र काम गर्ने लाइनमा बस्न गाह्रो नमान्ने । धैर्य गर्ने वानी भएका ।

    (४) प्रत्येक घर अगाडि पर्खाल लगाउन नपर्ने, २ वटा वा १ वटा रुख अनिवार्य लगाउन पर्ने । अगाडि बारीमा क्यारी बनाएर फूल लगाउने । अरु जमिनमा घाँसे मैदान जस्तै हरियो दुबोले गलैँचा बिच्छ्याएको जस्तो देखिने । धुलो उड्ने गरेर माटो निकालेर जमिन त्यसै छोड्न नपाइने ।
    (५) फोहोर व्यवस्थापन प्रत्येक घरमा २ वटा कन्टेनर राख्ने एउटा प्रशोधन गरेर फेरी चल्तीमा ल्याउन सक्ने फोहोर हरियो कन्टेनरमा हाल्ने । मल हुने चल्तीमा नआउने, फोहोरो रातो कन्टेनरमा राख्ने व्यवस्था भएको । जथाभाबी फोहोर फाल्न नपाइने ।

    (६) फोहोर लिन आउने समय, दिन, बार तोकिएको ।

    (७) विधिको शासन जस्तो, विधि र विधानको राम्रो परिपालन सबै अमेरिकन बासीहरु नियम, कानुनसँग अनुबन्धित छन् । अनुशासित पनि छन् । धनीलाई एउटा नियम, गरिबलाई अर्को नियम नभएको ।

    (८) घर अगाडि आँगनमा लगाइएका फूलहरु बाटोमा हिँड्ने कसैले पनि नटिप्ने, फूल, बिरुवा जस्तोसुकै भएपनि चोर्ने प्रवृत्ति नभएको ।

    (९) यातायातको क्षेत्रमा ट्राफिक जाम त्यहाँ पनि हुन्छ तर व्यवस्थित तरिकाले जाम भएको क्षेत्र छिट्टै खुला हुन्छ ।

    (१०) चौपाया, पशुपंक्षी पाल्ने ठाउँ सुनिश्चित गरिएको हुन्छ । घरपिच्छे पशुपंक्षी पालेर आवतजावतमा कठिनाई फोहोर भएको देखिएन ।

    (११) त्यहाँ अत्यधिक कुकुर पाल्छन् । कुकुरलाई आफ्ना बच्चा जस्तै माया गर्छन् । बेलुकी, बिहान घुमाउन लाँदा फोहोर गर्छन् भनेर सोहोर्ने उनीहरुले हातमा प्लाष्टिक र औजार बोकेका हुन्छन् ।

    (१२) अमेरिकी होटल, सार्वजनिक थलोहरुको अनुगमन गर्ने पदाधिकारीहरुले पहिला ट्वाइलेट (रेष्ट रुम) को प्रबन्ध कस्तो छ, त्यसमा ध्यान दिन्छन् ।

    (१३) अर्काको सम्पत्तिमा आँखा लगाउने प्रवृृत्ति छैन । आफ्ना आफ्ना घरमा सुविधा सम्पन्न, आनन्दपूर्वक शान्त तरिकाले बसेको देखियो । प्राय घरभित्र मान्छे बस्ने हुनाले घर अगाडिका रोडहरु सुनसान देखियो । हर्न सकभर बजाउँदैनन् । कसैले कसैलाई आफ्नो तर्फबाट डिस्टर्ब नहोस् भन्ने चाहना भएका ।

    (१४) प्रत्येक बस्ती बस्तीमा पार्क, सार्वजनिक शौचालय, बच्चाहरुका लागि खेल्ने ठाउँ, इमेल आउने ठाउँको व्यवस्था, स्विमिङ पुल, जिम गर्ने ठाउँ, खानेपानी, बिजुली, ढल निकास राम्रो व्यवस्था । प्रत्येक ठाउँका संरचनामा दूरदर्शिताको नमुना ।

    आहा अमेरिका भन्न मन लाग्ने । अमेरिका को कुरा धेरै लेखे , अव कतार को कुरा पनि लेख्न मनलाग्यो कतार एयरवेजले दिने सुखसुविधा अत्यन्त राम्रो भन्थे र पहिलो पटक देख्दा पनि राम्रो लागेको थियो तर यो पटक अमेरिका वाट फर्किदा भने खाना वितरण गर्दा पनि अत्यन्त ढिलासुस्ती र खाएको भाँडा वर्तन पनि वेलामा नउठाएर ट्वाइलेट जान यात्र हरुलाई भएको असजिलो अविश्मरणिय भयो । जाहा जाहा गए पनि तर मलाई मेरो देश प्यारो । यही माटोले चिनेको यही माटोको वासना मिठो । त्यसैले हामी नेपालीहरुले पनि अमेरिका जस्तै बनाउन नसकेपनि मानव उपयोगी हराभरा नेपाल बनाआँै । घर आँगन सफा राखौँ ।

    यो पटक म अमेरिका २÷३ महिना बसेर फर्किएँ । फर्किँदा रमाइलो कुरा भयो । म जाने बेला एयरपोर्टभित्र हामी बसेका माथिपट्टिबाट कुदिरहने ट्रेन कसलाई लिएर गएको होला । यात्रु कहाँ गएका होलान् भन्ने कौतुहल थियो, जुन नेपाल फर्किँदा त्यो ट्रेनमा चढ्ने मौका मिल्यो । नेपाल फर्किने क्रममा कतारमा खजुरको मिठाई स्पेशल पाइन्छ भन्ने थाहा लाग्यो । किन्नका लागि म एयरपोर्ट भित्र कै डिपार्टमेन्ट स्टोर पसेको किनेर निस्कँदा अलि ढिलो भएछ । मैले एकजना काला जाति अमेरिकनलाई १२ ए गेट जाने बाटो कता भनेर सोधेँ उसले ट्रेन चढेर जानु भन्यो । मैले कता आउँछ ट्रेन भनेँ, यहीँ आउँछ भन्यो । म यताउता हेर्दै थिएँ । सिसातिर देखाएर यहीँ आउँछ भनेकाले कताबाट यहाँ आउला ? यहाँ त सिसा सिसा छ भन्दै थिएँ । पत्यार लागेन । त्यहाँ टे«न आएर कसरी रोक्ला भन्ने लागिरह्यो अब कसलाई सोध्ने होला भन्दै थिएँ । टे«न आयो, सिसाका फाटक अटोमेटिक खुले । ट्रेनमा वस्ने सिट मात्र थिए । त्यो गेटमा जाने म मात्रै चढेँ, ट्रेन कुद्यो । ट्रेन गएर १०–१२ ए भन्ने ठाउँमा रोक्यो । मैले सोचेँ, यो १० को गेट हो अलि पर १२ ए होला त्यहाँसम्म टे«न जाला भनेर म ओर्लिन । फेरी टे«न चल्यो । टे«न त चलेर अघि मलाई जहाँ चढाएको थियो, त्यहीँ आएर रोकियो । म अलमल्ल परेँ । त्यहाँबाट अरु ३ जना यात्रु चढे । अब चाहीँ म चनाखो भएर १०–१२ ए भन्ने ठाउँमा पुगेर रोकिनासाथ उत्रिएर हिड्े र गन्तव्य फेला पारेँ । म जस्तै नेपालीहरु नेपाल फक्रिने क्रममा त्यही गेटमा वसेका थिए । एक जना ८४ वर्ष पार गरेकी आमा पनि हुनुहुन्थ्यो । उहाँले पनि आफ्ना छोरा वुहारी नाती नातीना भेटेर आउनु भएको थियो । मैले अमेरिका राम्रो लाग्यो आमा अव फेरी अमेरीका जाने की नजाने ? भनेर सोधे उहाँले भन्नु भयो के कुरा गर्नु भएको नानी जती सुकै ठुला घरहुन त्यो अमेरिकामा , म त अव त मरे पनि जान्न । मलाई त हाम्रै नेपाल राम्रो धन्नै मरिन अमेरिकामा । अव त ४,५ घण्टा मा नेपाल पु¥याउँछ हगि नानी मैले टाउको हल्लाएर हो भने । जहां धेरै समय वसोवास गरेर वस्यो तेही को हुन्छ कि क्या हो मान्छे । मलाई पनि ३८ वर्ष भयो भैरहवा रुपन्देही मा वसेको औधि माया लाग्छ । अमेरिका मा छोरीले दिएको सुख सुविधा, टेन्सन फ्रि जीवन र अति प्यारो नातीलाई चटक्क छोडेर म पनि आफ्नै परिवेश, आफनै धरामा वस्न रुचाए । अन्तिममा एउटा मुक्तक
    मलाई माया छ मेरो देशको ,
    मलाई माया छ मेरै परिवेशको ।
    जीवनलाई कति जित्न सकिन्छ ।
    काम गरेर बाजी ठोक्दैछु रेशको

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.