निर्दलीय पन्चायती व्यवस्था प्रजातन्त्रको पुनः स्थापना भयो । वहुदलिय प्रजातन्त्रको स्थपना भए पछिको २०४९ । ५० तिर हो । प्रजातन्त्र स्थापन विध्यार्थी जीवनदेखि नै राजनीतिमा समर्पित व्यक्तित्व प्रजातन्त्र सेनानी समाजसेवी श्री दुर्गाराज काफ्ले ज्युको अध्यक्षमा समाज सेवाको भावना अनरुप आलोक प्रस्नका लयको जन्म भएको थियो ।
तर आर्थिक स्रोत केही नभएकाले संचालन गर्न र घरको भाडा तीर्न समेत मुस्किल परेकोले , कोठा भाडा कर्म चाटीको पारिश्रमिक समेत गरी १२ । १३ हजार रकम श्री संयोजक दिर्घराज काफ्ले द्धारा तिर्नु भयो र करिव २ वर्ष पछि पुस्ताकालयको सवै समान पुस्तक समेत भानु माविलाई सर्मर्पित गरीयो । त्यस पछि राजनीति पीडित ,स्वस्छ भावना , आदर्श व्यवहार सु सव्य व्यक्तित्व वोकेको व्यक्ति त्यसै परन सक्ने प्रश्नै भएन । आफ्नो जगा दिएर पुस्तकालय स्थापना गर्नु भयो । जसले गर्दा आज सहिद स्मृति पुस्ताकालयको २ तले भवन निर्माण भएकोछ । भैतलाको भाडा २० । २२ हजार महिनावारी आम्दानीको स्रोत बनेकोछ ।
समय जान वेर लाग्दो रहेनछ , हिजो जस्तो लाग्दछ पुस्तकालयको प्रार्दु भाव भएको । शिशु वाट बढदै आज १७ वर्ष जल्दो बढदो तन्देरी भएको छ र सबै व्यक्ति विशेषको प्यारो बन्दैछ । सवै ईमानदारीताका प्रतिफल हो , गरेको हुदैन र कर्म र कर्तुत मिल्न पुग्यो । आज भैरहवामा यो पुस्तकालय उदाहरणको रुपमा खडाभएको छ । सवै भन्दा ठुलो इमानदारीता विश्वास हो , केही व्यक्ति विशेषले अक्षयकोषको स्थापना गरेकाछन र त्यसैको वार्षिक व्याज पुरस्कारको रुपमा स्रस्टाहरुलाई प्रदान गर्दै आएको छ । व्याख्यापन राम्रो छ , यही २०७४ साल मार्ग ८ गते वार्षिकोत्सव मनायो र ७।८ जना व्यक्तिहरुलाई पुरस्कार दिए र समान ग¥यो । यही उपलक्षयमा श्री दिर्घराज काफ्ले र उनको श्रीमती शारादा काफ्ले द्धारा एउटा नौलोखालको विषय भ्रष्टचारको सम्बन्धमा गरुङ्गो अक्षयकोषको स्थापना गर्नु भएको छ । यसका नाम स्वयं दिर्घराज काफ्ले ज्यूले आफ्नो कसैको नाउमा नराखि शहीद स्मृत सदाचार जागरण पुरस्कारको नाउद्धारा रु ५००००० पाँच लाखको राशि प्रदान गर्नु भएकोछ ।
यो पुरस्कारको उद्देश्य समाजमा व्यापू भ्रष्टचार र विकृति तथा विकारहरुको अनुसन्धान र अन्वेशषणमा गर्ने व्यक्तित्वहरुलाई वार्षिक व्याज बाट करीव ४५ हजार को रकम द्धारा परस्कृत गर्ने रहेकोछ । यस प्रकारको समाज सुधारको भावनाले प्रेरित व्यक्तित्वको श्री दिर्घराज दम्पतिलाई धन्यवाद टक्राउछु । किन भने आजको हाम्रो राजनीति दर्शन ईमानदार स्वच्छ छैन , प्रदुषित भएकोछ र यसको यसको सुधार तर्फ सरकारले कुनै योजना बनाएको पनि छैन । भ्रष्ट तत्वहरुको वोलावोलछ ।इमानदार व्यक्ति विशेष तिरस्कृत र अपराधी र भ्रष्ट तत्व सम्मानित गर्नतफ सरकार अग्रसर भएको पाइन्छ । यसका कयौ उदाहरणहरु प्रस्तुत गर्न सकिन्छ । इमानदार र स्वच्छ समाजलाई राजनीति दर्शनले डो¥याउन पथ्र्यो , तर यहाँ उल्टो भएकोछ । वदशमासहरुले राजनीति दर्शनलाई डो¥याउदै छन कुकुरले पुच्छर हल्लाउनु पर्नेमा पुच्छरले कुकुरलाई हल्लाएको छ । दन्ड हिन्ताकै कारण भ्रष्ट ,तष्कर कालो बजारीया रअपराधी तत्वलाई प्रेरणा मिलेको छ । अनेक काण्डहरु घटेका छन ।
देशमा विकाराल परिस्थितिको सृजना भएकोछ , कुनै वलत्कार , हत्या ,हिन्सा जस्ता जघन्य अपराधहरु बढदै गएका छन । सरकारको सुरक्षा निति कमजोड परेका छन । त्यस्तै तस्कर र कालो वजारीया व्यापक छ , सरकारले केही गर्न सकि रहेको अवस्था छैन । किन सरकार निस्कृय भएको छ । , प्रश्न खडा भएकाछन । सरकारका कुनै पनि इकाइमा ईमानदारीता छैन । देश जनजीवन लुटने प्रवृत्ति बढदै गएकोछ । यसलाई रोक्ने सरकारको नीति नियत देखिदैन । यस प्रकारको परिस्थिति कति दिन चल्न सक्दछ , सोचनीय अवस्था छ । समाज सुधारको नाउमा खोलियका सवै संघ संस्थाहरुको गतिविधिमा सरकारको दृष्टि पुग्नु पदर्छ । कारण कसले केगरीरकोछ उचित वा अनुउचित कुनै मुुल्याङ्गनै भएन ।
राम्रो गर्नेलाई प्रोत्साहन र नराम्रो गर्नेलाई तुरुन्त कारवाई गर्ने परिपाटी मिलाउनुपर्दछ । जसले गर्दा सवैमा सक्रियता आवश्क भएको छ ।
समाजमा केही राम्रा कामहरु गरेर देखाउने ईच्छा शक्ति भएका स्वच्छ र इमानर व्यक्तित्वको कमि छैन । तर सरकारले तीनीहरुको इमानदारीता र योगदानको उपयोग परिचालन गर्न सकेन । सकारको नजरमा तीनै भ्रष्ट र अपराधहरु नै अगाडी परे । इमानदारी व्यक्तिहरु पछाडी धकेलिदै गए , यस प्रकारको वातावरणको सृजनाले गर्दा देशमा राजनी दर्शनमै बदनाम हुन पुगेको छ । मानिसमा लाज घिन र शर्म लाग्नु पर्ने हो , तर ओहोदामा प्रयोगका व्यक्ति विशेषले पचाई सकेका छन , उनलाई जे गरे पनि शर्म भएन । सवै नाङ्गा भइसकेका अवस्थामा छ । बहुमतका सरकार भएर पनि देशमा स्थायीत्व ग्रहण गर्न सकेको छैन , कारण नेपाल नेपाल र नेपालीहरुको ठुलो दुभाग्य हो । इच्छा शक्ति र अठोट नभए सम्म केही हुदैन , तत्तकाल कजतालाई रोजगार मुलक कार्यक्रम ल्याएन भने सरकार प्रतिको जनविश्वास घटतै जानेछ र जनजीवनले अन्य विकल्प सोच्न थाल्नेछ ।
अन्त्यमा शहिद स्मृति पुस्तकालयको उन्नति र प्रगतिको लागि संरक्षक र कार्य समितिलाई अरु बल मिलोस पुस्तकालय फलोस फुलोस सवै भन्नाले कार्यसमिति लगायतलाई धन्यवाद टक्राउछु । किन भने यसले भैरहवाको गौरव मय बुद्ध नगरको शोभा बढाउन अमयोगदान पुगोस भन्ने कामना गर्दछु । हरिओम तत्सम