लुम्बिनी, फागुन ४ । रुपन्देहीको लुम्बिनी छोटी भन्सार कार्यालयमा माघ महिनामा ११ लाख २७ हजार नौ सय ६८ रुपैया राजस्व संकलन भएको छ । 
भंसार कार्यालयले सार्बजनिक गरेको मासिक तथ्यांक अनुसार पैठारीमा ४० हजार आठसय ४५ रुपैयाँ , कृषिमा १० लाख १३ हजार सातसय ९९ रुपैयाँ, मुल्यअभिबृद्धि कर तर्फ १६ हजार आठसय २४ रुपैया तथा पैठारी सेवा दस्तुर ५६ हजार पाँचसय राजस्व संकलन भएको हो ।
मधेश बन्द तथा अघोषित नाकाबन्दीका कारण बिस्थापित लुम्बिनी छोटी भंसार कार्यालय माघ महिना देखि पुनः सञ्चालनमा आए पछि पहिलो महिनामै यति राजस्व संकलन हुनु सन्तोषजनक नै भएको कार्यालय प्रमुख भेषराज जोशीले जनाएका छन ।
तर बिगतका बर्षहरुमा मासिक ५० देखि ६० लाख रुपैया सम्म राजस्व संकलन हुने गरेको उक्त भंसार कार्यालयको आसपासका चोरबाटाहरुमा निगरानी बढाए पछि अझै राजस्व संकलन कार्यमा बृद्धि हुने जानकारहरुले बताएका छन् ।
यसै गरि माओबादी द्वन्दकाल देखि बन्द रहेको कदमहवा, बगौली, थुम्हवापिपरहवा कपिलबस्तुको चाकरचौडा, सिबलवा लगायत छोटी भंसारहरु पुनः सञ्चालनमा नआउदा नेपालसरकारले धेरै घाटा ब्यहोर्नु परिरहेको कुरा बोर्डर पत्रकार रामबिकास चौधरीले जानकारी गराए ।
त्यति मात्र नभई अझै बैज्ञानिक तरीकाले सीमासुरक्षा राजस्व गश्ती सुक्ष्म अनुसन्धान कार्य बढाएर सीमा क्षेत्रको बिशेष निगरानी गर्न थालेपछि दोब्बर तेब्बर राजस्व संकलन हुने सीमावर्ती क्षेत्र बगौली निवासी स्थानीय बुद्धिजीवि शिक्षक शिवनन्दन जयसवालले सुझाव स्वरुप बताएका छन् ।
राजस्व बृद्धि गर्नका लागि अधिकांश ब्यापारी र सीमासुरक्षाकर्मीको मिलामातोमा प्रज्ञापन फार्म एकपटक कटाई कयौ पटक मालसामान ओसारपसार गर्ने प्रबृत्ति रोक्ने कार्यमा बिशेष चासो देखाउनु पर्ने एक ईमानदार सशस्त्र प्रहरीबलका अधिकारी बताए । – See more at: http://www.zestkhabar.com/?p=48962#sthash.tyzCqnOU.dpuf