logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    न्यू इरा हिजो र आज


    १० फाल्गुन २०७५ , शुक्रबार

    न्यू इरा हिजो र आज

    लक्ष्मण ज्ञवाली (प्रिन्सीपल)

    ऐतिहासिक पृष्ठभूमि ः 

    न्यू इरा (नवयुग ) परिवर्तीत समयको आवश्यकता, स्थानीय समाज सेवी, शिक्षा प्रेमी, शिक्षा विद्, अभिभावक र विद्यार्थीहरुको आवश्यकता बोध भई उहाँहरुकै सहयोग, साथ, मार्गदर्शनबाट सि. न. पा. १३ मा २०५० सालमा संस्थापीका कुन्ती देवी सेन र जनक राज सेन ज्यूको लगानीमा गुणस्तरीय शिक्षा प्रदान गर्ने अभिप्राउ र अभिलाशाबाट ४५ जना विद्यार्थी र ५ जना शिक्षकहरुबाट पूर्व प्रा. वि. सम्म स्थापना भएको शैक्षिक संस्था न्यू इरा इ. बो. स्कूल हो । तत्कालीन रुपमा भाडाको घरमा स्थापना गरी यस क्षेत्रको साथै राष्ट्रको लागि आवश्यकता पर्ने जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ स्थापना भएको हो । पूर्व प्रा. वि. को अनुमति २०५० सालमा स्थानीय तहबाट र कक्षा १ देखि ३ को अनुमति मिति २०५२÷०८÷१० मा जिल्ला शिक्षा कार्यालय रुपन्देहीबाट प्राप्त गरेको विद्यालय २०५६÷०२÷२३ मा कक्षा ४ र ५ सम्मको अनुमति जिल्ला शिक्षा कार्यालय रुपन्देहीबाट प्राप्त गरि सञ्चालन भएको थियो भने कक्षा ६, ७ र ८ को अनुमति जिल्ला शिक्षा कार्यालयको सिफारिशमा क्षेत्रीय शिक्षा निर्देशनालय, पोखराबाट मिति २०६०÷११÷२७ मा प्राप्त गरेको हो । २०६१÷११÷२६ सालमा कक्षा ९ को अनुमति प्राप्त गरेको विद्यालयले २०६२÷१२÷०७ कक्षा १० को अनुमति पाई २०६३ सालमा पहिलो पटक एस.एल.सी. परीक्षामा आफ्नो उपस्थिति गराउन सफल भएको थियो । विद्यालय सञ्चालनको बेला थुप्रै वाधा व्यवधान, आरोह, अवरोधहरुलाई चिर्दै विकासक्रममा अगाडी बढी रह्यो । समयको आवश्यकता, परिस्थिति, सरकारको ऐन कानुनहरुलाई आत्मसाथ गर्दै विद्यालय सेवा मूलक व्यवसाय हुँदाहुँदै सरकारको नियम अनुसार शिक्षा ऐन र शिक्षा नियमावलीबाट सञ्चालित विद्यालयलाई वि.स. २०५९÷०३÷१९ मा कम्पनी ऐन अनुसार दर्ता गरि सञ्चालन गर्ने अनुमति अनुसार यस शैक्षिक संस्थाको नामको पछाडी प्रा.लि. थप्पीन गयो । एकल स्वामित्वबाट सञ्चालित विद्यालय वि.स. २०६६ बैशाख १ गते बाट दिर्घकालीन संस्थागत विकासका लागि बहुस्वामित्वमा आएको हो । १३ जना शेयर सदस्यहरुबाट सञ्चालित यस विद्यालयमा हाल ११ जना शेयर सदस्य रहेका छन् । २०६७ बाट उच्च शिक्षाको आवश्यकतालाई बुझि ं२ सञ्चालन गर्ने अनुमति २०६७÷०४÷१३ गतेका दिन उच्च माध्यमिक शिक्षा परीषदबाट प्राप्त गरि सोही वर्षबाटनै कक्षा ११ मा व्यवस्थापन, शिक्षा संकाय सञ्चालन गर्न सफल रह्यो । शिक्षा तथा सामाजिक क्षेत्रमा ख्याति आर्जन गर्न सफल व्यक्तिहरुको संलग्नताले आर्थिक, भौतिक तथा शैक्षिक क्षेत्रमा यस विद्यालयले छोटो समयमा उल्लेखित प्रगति गर्न सफल भएको छ ।

    शैक्षिक तथा अतिरिक्त क्रियाकलाप ः

    २०६३ सालबाट प्रथमा पटक एस.एस.सी.मा समावेश गरेको विद्यालयको २०७४ सम्मको एस.एल.सी. र स.इ.इ.लाई आधार मानेर हर्ने हो भने आफै आंकलन गर्न सकिन्छ । २०६३ सालमा २३ जना, २०६४ मा २५ जना, २०६५ मा २४ जना, २०६६ मा ३० जना, २०६७ मा २७ जना , २०६८ मा ३१ जना, २०६९ मा २८ जना ०७० मा ३४ जना र ०७१ म ४७ जना गरी शतप्रतिशत उत्र्तिण भएका थिए । यसैगरी एसएलसी परिवर्तन भएर एसईई भएपछि पनि रिजल्ट शतप्रशित हुदैं गएको छ । २०७२ सालमा ३ दशमलब २ देखी ३ दशमलब ६ जिपीए ल्याउने विद्यार्थि १६ जना छन् । भने २ दशमलब ८ देखी ३ दशमलब २ जिपिए ल्याउने २२ जना, यसैगरी २ दशमलब ८ ल्याउने ७ जना रहेका छन् ।

    यसैगरी ०७३ सालमा ३ दशमलब २ देखी ३ दशमलब ६ जिपीए ल्याउने विद्यार्थि ८ जना, २ दशमलब ८ देखी ३ दशमलब २ जिपिए ल्याउने ११ जना रहेका छन् । यसैगरी २ दशमलब ८ ल्याउने २६ जना रहेका छन् । सो भन्दा कम ल्याउने १५ जना रहेका छन् । यसैगरी ०७४ सालमा ३ दशमलब ६ देखी ४ जिपीए ल्याउने विद्यार्थि ३ जना , ३ दशमलब २ देखी ३ दशमलब ६ जिपीए ल्याउने विद्यार्थि १३ जना, २ दशमलब ८ देखी ३ दशमलब २ जिपिए ल्याउने २१ जना र सो भन्दा कम ल्याउने ४० जना रहेका छन् ।

    ०६७ देखि कक्षा ११ अध्यापन शुरु गरेको विद्यालयले कक्षा ११ र १२ मा पनि वाणिज्य तर्फ वित्तशास्त्र होटल मेनेजमेन्ट व्यवसायिक अध्ययन, अर्थशास्त्र लेखा जस्ता विषय अध्यापन गराएको छ भने शिक्षा ९भ्मगअबतष्यल० तर्फ ऐच्क्षिक नेपाली , ऐ. जनसंख्या, ऐ. स्वास्थ्य तथा शारिरीक शिक्षा , ऐ. गणित, ऐ. अग्रेजी जस्ता विषयमा केन्द्रित रही अध्यापन गराई रहेको छ । नतिजाको हिसाबले नगरमा उत्कृष्ट नतिजा सफल भएको छ भने ंद्द अध्ययन गरि सेवा पछि अन्तरराष्ट्रिय बजारमा समेत प्रतिस्पर्धामा उत्तिर्ण भएका छन् । हाल हाम्रा विद्यार्थीहरु जापान, फिनल्याण्ड, अष्ट्रेलिया, यु.के., अमेरिका, भारत लगायतका मुलुकमा अध्ययन गरि रहेका छन् । यस विद्यालयको अध्ययन पछिका विद्यार्थीहरु सामाजिक तथा प्राविधिक क्षेत्रमा आफुलाई खरो उतार्न सफल भएका छन् । थुप्रै डाक्टर, इन्जिनियर, व्यवस्थापक, वित्तिय शास्त्री , अर्थ शास्त्री लगायत देशको आवश्यक जनशक्ति पूरा गर्न विद्यालय सफल देखिन्छ । सेना, प्रहरी निजामति क्षेत्रमा नेपाल र भारतमा समेत विद्यार्थीले स्थान पाएका छन् ।

    विद्यालयमा आज २०७५ सम्म आई पुग्दा १२२५ जना विद्यार्थीले अध्ययन गरिरहेका छन् भने ६२ जना शिक्षक कर्मचारी प्रत्यक्ष कार्यरत छन् । होस्टेल , डे होस्टेल, अतिरिक्त क्रियाकलाप, नृत्यकला, संस्कृति, संस्कार, योगा ध्यान जस्ता क्रियाकलापलाई विद्यालयले नियमित र व्यवस्थीत गरि सञ्चालन गरेको छ ।

    अतिरिक्त क्रियाकलापमा समेत विद्यालयले उल्लेखनिय प्रगति गरेको छ । क्रिकेट र भलिबलमा राष्ट्रिय खेलाडी जन्माउन सफल भएको छ भने अन्य विभिन्न संघ संस्थाहरुले आयोजना गरेका धेरै जसो स्थानमा विद्यालयले आफुलाई अव्वल दर्जामा उभ्याउन सफल भएको छ । अनुशासित राष्ट्रको लागि असल जनशक्ति उत्पादन तर्फ विद्यालय अग्रसर रहेको छ ।

    भौतिक पूर्वाधार र प्रविधिमा विद्यालय ः

    सुविधा सम्पन्न आफ्नै भवन निर्माण गरि २०६७÷०१÷०४ बाट विद्यालयका सम्पूर्ण शैक्षिक गतिविधिहरु सञ्चालन गरेको छ । बढ्दो विद्यार्थीको आकर्षणलाई ध्यानमा राखि एउटा पाँच तले भवनले नपुग भएपछि २०७५ भाद्र बाट कक्षा ११ र १२ को लागि छुटै भवन निर्माण गरि थप व्यवस्थित गरिएको छ । यातायातको सुविधाका हिसाबले तिनवटा बस छन् भने जसले गर्दा लुम्बिनीको खुनगाई पश्चिम बाट पूर्व धकधई सम्मका विद्यार्थीको रोजाई हुन पुगेको छ । न्यू इरा सम्पूर्ण कक्षामा सि. सि. क्यामरा जडान गरि सुपरिवेक्षण र अनुगमनलाई व्यवस्थित पारिएको छ भने व्यवस्थित र आधुनिक कम्प्युटर ल्याब निर्माण गरि कम्प्युटर शिक्षालाई कक्षा ४ देखिनै अनिवार्य गरिएको छ । मल्टि मिडियाको माध्यमबाट हाल विद्यालयले अध्यापन गराई रहेको छ । प्रोजेक्टरको माध्यमबाट नियमित अडियो भिजवलमा कक्षा सञ्चालन भएका छन् । प्ले ग्रुप नर्सरी कक्षाबाटै टि.वि. अडियो, भिडियो श्रव्य दृश्यलाई जोड दिएका छौ । समय सापेक्ष विद्यालयमा स्मार्ट बोर्ड बुक लेस कक्षा अन्य आधुनिक ऐप्स्हरुलाई समेत प्रयोगमा ल्याउने भावी योजना समेत रहेको छ ।

    भावी योजना ः

    १. शिक्षकको शिक्षण सिकाई वृद्धि गर्न तहगत र विषयगत रुपमा तालिम र अभिभावकहरुको लागि

    अभिमूखीकरण कार्यक्रमलाई अझ व्यवस्थित र नियमित गराउदैँ लगीने ।

    २. सिकाई उपलब्धी तथा भावी कार्य योजना साथै आगामी वर्षको अपेक्षित लक्ष्य निर्धारण गर्ने

    गराउने ।

    ३. जीवन उपयोगी प्राविधिक शिक्षामा जोड दिनु पर्ने ।

    ४. उच्च शिक्षाका थप कक्षाहरु सञ्चालन गर्दै जाने ।

    ५. स्नातक तहका कक्षा विविए, विविएम, विएड, विएलटी जस्ता विषय सञ्चालन गर्दै जाने ।

    ६. आधुनिक साइन्स ल्याब निर्माण गरि विज्ञान विषय सञ्चालनको पहल गरिने ।

    यस शैक्षिक संस्थालाई यहाँसम्म ल्याई पु¥याउन सहयोग गर्नु हुने सम्पूर्ण शिक्षाविद् समाज सेवी, अभिभावक, राजनितिक दल , शिक्षासंग सम्बन्धित निकायहरु शुभेच्छुक, शेयर सदस्य, सम्पूर्ण शिक्षक कर्मचारीज्यू हरुमा धन्यवाद ज्ञापन गर्द छु र आगामी दिनहरुमा समेत अझ बढी परिवर्तित परिस्थितिलाई ध्यानमा राख्दै यहाँहरुको सल्लाह सुझाव, निर्देशन मार्गदर्शनलाई आत्मसाथ गरि अगाडी बढ्ने प्रेरणा मिल्ने भनी अपेक्षा गर्द छु ।

    लेखक ज्ञवाली न्यू इराका प्राचर्य हुन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.