
गोबिन्द प्रसाद गिरि
२०७७ जेष्ठ ११ आइतबार
लकडाउनले वायुप्रदुषण कमि ल्याएको छ । परिवारमा सगैं बस्ने र बाच्ने समझदारी बढाएको छ । आफु मात्र सम्पन्न भयर हुदो नहेनछ । छिमेकको तथा देश पनि त्यही अनुसार हुनुपर्ने रहेछ । पहिले देश त्यसपछी मात्रै सस्कृति, पार्टी ,सरकार ,धर्म ,समाज र अन्तत मुख्य परिवार नै मुख्य हुदो रहेछ ।
कुनैबेला प्रकृतिको अभिन्न अंग भएर उदाएको मानव जाति अहिले त्यहि प्रकृतिलाई बिर्सेको झै गर्दैछ । अर्थात मानव जाती आजको दिनमा एक उदेग लाग्दो अबस्थामा रहि आयको जस्तै भएको थियो उसले आफ्नो धरातल बिर्सेको थियो। यसको पछिल्लो उदाहरण हो, कोभिड १९ महामारीको उदय पछिको फुर्सदिलो हुनेपर्ने हो । घर बाहिर जान नपाउनु र घर भित्रै बसि गर्ने कार्य । फराकिलो हुँदै आयको लामो समय पछिको दैनिकी ।
मानव जातिको एकहोरो प्रकृति दोहन, खण्डीकरण र विनासले हाम्रो पारिस्थिकिय प्रणाली नै उच्च जोखिममा हुनुपर्ने हो । यो बढ्दो जोखिम संगै उसले प्रकृतिको निर्मम रुप पनि झेल्दै आएको छ र अहिले यो महामारीको रुपमा प्रकट भइ सकेपछी मात्रै जब फुसद दियो बाहिरी कार्यबाट रोकाबट आयो अनि मात्रै ब्यास्त जिबन शैली घमण्ड अहमता र विशिष्टकृत मान्छेको उदेग लाग्दो सोच लाइ छरपस्ट हुनु पर्ने हो । महङ्गो घर गाडी बैक ब्यालेस मान पद सबभन्दा थुला पार्दै आफ्नो घर परिवार नै मुखा रहेछ भन्ने कोभिड १९ पछिको यो २ महिनामा सबैलाई घर बित्रै बस्नु परेपछी को समयले सिकायो जुन आज सम्म मानव इतिहासकै उच्च घरेलु बसाइँ रहेको छ ।जस्तोसुकै अबस्थामा पनि आफ्नो घरायसी काम किचन र करेसा वारि सम्मका कामहरु सबैले गर्नु पर्छ भन्ने सम्म पारिवारिक चेतना दियो।ब्य्स्त जीवन सैलीले मानिस जो आक्रान्त थियो।
अहिले यो महामारीको रूपमा प्रकट भएको छ तर पारिवारिक माहोलमा खेत वारि खनजोत गर्नु पर्ने उब्जनी आफै गर्नुपर्ने ।बिसादी युक्त तरकारीको भासण गर्नेका लागि उब्जाउनु कति अब्बल रहन्छ कसरी कृषिप्रधान देसको नागरिक हु भन्नुमा आफै गर्दा सहज वा असहज भन्ने सजिलै अनुमान गर्न सकिन्छ जसमा बाझो जमिन र झाडियुक्त तरकारी बारिले आफ्नो मालिक लाई मैदानमा उतार्न सफल भयको छ ।
विश्व स्वस्थ संगठनले कोभिड १९ वन्यजन्तुबाट मावनमा सरेको प्रारम्भिक आनुमान गर्दे गर्दा यसले झन्डै ४ लाख बढी मानिसहरुको मृत्यु भइ सकेको छ, ५० लाखौं जनता यश रोगले कैयन सङक्रमित भई मृत्युको सङघारमा छन् । विश्व अर्थतन्त्र धरासायी हुदै गएको छ भने गरिबीको संख्या हामीले साधारण रुपमा अनुमान गरेको भन्दा काहाली लाग्दो हुने प्रक्षेपण भएको छ ।
यसरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस विश्वलाई नै आक्रान्त पार्ने पहिलो जीवाणु भने होइन यसभन्दा पहिले ‘सार्स’ भन्ने रोग फैलिएको थियो जुन निर बिरालोबाट , ‘मार्स‘ भन्ने उँटबाट, ‘ईबोला’ पश्चिम अफ्रिकाको वन विनास भई वन्यजन्तुसंगको भौतिक निकटताबाट, ‘एभियन फ्लु’ अत्याधिक पाउलट्रि व्यवसाय र ‘निफा’ भाइरस मलेसियाको अत्याधिक सुंगर व्यवसायबाट मानवमा सरेको अध्ययनले बताईएको थियो तर, यसरी वन्यजन्तुबाट सरिन्छ भनेर उल्लेख गर्दा वन्यजन्तु प्रति झनै नकारात्मक बिचार हुन सक्छ जुन गलत हो तर पहिला जस्तै गरि मासुजन्य पदार्थको बिक्री भन्दा आफ्नो उब्जनिको व्यापार पक्कै पनि बडन सक्छ । हुनत यस्ता रोगले केही वर्ष अघिसम्म झण्डै महामारीको रुप लिई सकेको थियो भनिन्छ, प्रलय बाजा बजाएर आउँदैन तर यहाँ महामारी शंख र विगुल बजाएर आएको छ । यसरी आएको जोखिम हामी सबैको कमजोरीको कारण हो ।विषेश गरी, वासस्थान विनास, चोरी शिकार, व्यपार, प्रदुषण, आतिक्रमित प्रजातिहरु र पछिल्लो निकै चर्चा र बहसमा रहेको विषय जलवायु परिवर्तलाई मानिन्छ । जलवायु परिवर्तन यस्तो अवस्था निम्त्याउनुको प्रमुख कारकहरु मध्यको रुपमा एक हो भन्दा दुई मत नहोला । जलवायु परिवर्तनको प्रभाव सिमित क्षेत्रमा मात्रै छैन यसले पृथ्वीको हरेक प्रणालीलाई असर गरेको छ । यस्तो अवस्थामा कोभिड १९ जस्तो महामारीलाई उत्पन्नदेखि फैलिनसम्म यसले सहयोग गर्दछ ।
प्रकृतिको वरदान बहुआयामिक छ । यसले मानवको स्वास्थ्यदेखि विभिन्न कुरालाई समेतलाई घ्यान दिने हो भने प्रकृति ले सबैको ध्यान बिचार लाई समेटेकोनै हुन्छ जिउनको लागि जिउदै पसुलाइ पसुतुल्य बनाउने मानव र उस्को कु( कृया प्रती आज सतेत हुनै पर्छ।प्रक्रितिले जसरी आज सचेत बनाउदै आयको छ तेसरी आख्नो अडिग रहेको जिबनजस्तै सचेत भै आफू कसरी जिउने आफ्नो बाहिरी उत्तर दयित्य मात्रै होएन आफ्नो पारिवारिक दादिय्त बोध गरायको छ।हिजोको जस्तो म सर्बैसर्बा हु छु रहन्छु भन्ने अब रहदैन रहेन किनकी महामारी र प्रको्को मुख्य ब्याबस्थापन पारिवारिक मायामै रहेको हुन्छ।यी येस्ता जिखिम र यस्तो अबस्थामा सङै रहनु पारिवारिक माया बाडनु बाहेक अर्को विकल्प रहेन ।
जबकी अहिलेको मानव सोच केबल कोरोनामा गयर सिमित हुन बाध्य छ, धेरै दुख दियको छ तर यो निर्दयी कोरोनाले मानव जगतलाइनै यौटा गजबको शिक्षा पनि दियको छ कि सबै जात(धर्म( बर्ग यकै धरातलमा अडियको छ त्यो हो मानवीयता अनि बिश्व नै यक परिवार र पारिवारिक मायामा अडिक रहेछ भन्ने पाठ सिकायको छ ।