logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    ओलीको अहंकारले बामएकता ओरालोमा


    ६ भाद्र २०७८ , आइतबार

    ओलीको अहंकारले बामएकता ओरालोमा

    कमल रायमाझी

    नेपालमा अहिले नयाँ राजनिति परिस्थिती श्रृजना भएको देखिन्छ । देश परिवर्तनको संघारमा उभिएको बेलामा यसरी राजनितिक परिदृष्य देखिनु राज्य र यहाँका जनताहरु प्रति अपमान भएको सजिलै अनुमान गर्न सकिन्छ । देश परिर्वतनका लागि हजारौ शहिदहरुले सिर्जित भएको गणतन्त्रलाई सहि मार्गमा निर्देश गर्न नसक्दा अहिलेको परिस्थिती देखा परेको हो । देश अहिले नेकपा माओवादीले जनयुद्धकालमा उठाएका मुख्य बुदाँहरुमा हिडिरहेको छ । युद्धकालमा माओवादीले प्रस्ताव गरेको गणतन्त्र,संविधान सभा बाट संविधान, संघियता,समानुपातिक, समावेसी , जाति, धर्म, लिङ, भाषा र क्षेत्रको अधिकारमा सुनिश्चितता थियो । यो राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना संगै अगाडी हिडेको देखिन्छ । तर त्यो कार्यान्वयन गर्ने नेतृत्व भने हिजो राजतन्त्र संग सहकार्य गर्न तप्का रहेको देखिन्छ । बहुदलिय व्यवस्थामा विश्वास गर्ने तथा गणतन्त्रको पक्षमा जागर नदेखाउने नेतृत्वले देशको बागडोर समालेका कारण नेपालमा आएको परिवर्तन संस्थागत हुन नसकेको हो । परिवर्तनलाई सहजरुपमा अगाल्न नसक्दा हिजोका राजनितिक दल र तिनका नेताहरुले अहिलेको अवस्थालाई स्विकार्न नसकेका हुन । क्रान्तिबाट देशले आमुल परिवर्तन गरेपनि नेतृत्वमा पुग्ने यथास्थितीबादीहरुको बर्चश्व हुदा क्रान्तीकारीको एजेण्डाले अग्रगमनको लय समात्न समस्या परेको छ । जसको विचार उसको नेतृत्व हुनुपर्ने बिचार र सिद्धान्त एक पक्षको छ तर नेतृत्व अर्को पक्षको हुदा नेपालमा आएको परिवर्तनले छलाङ मार्न सकेको छैन । विक्रम सम्वत २०७४ सालको निर्वाचनमा बाम एकताको नारा दिएर भएको निर्वाचनमा संघमा नेकपा एमालेका अध्यक्ष के.पी. शर्मा ओली प्रधानमन्त्री बन्ने अवसर प्राप्त भयो । ७ प्रदेशहरु मध्य ६ प्रदेश बामपन्थीहरुको नेतृत्वमा पुग्यो । पार्टी र देशको नेतृत्वको बागडोर समातेका प्रधानमन्त्री के.पी. शर्मा ओली सहि मार्गमा प्रस्तुत हुन नसक्दा सरकार संघमा मात्र नभएर प्रदेशहरुमा समेत बर्हिगमन भैरहेका छन् । ओली नेतृत्वमा देखिएको अंहङकार र जवरजस्त प्रवृदीले देशलाई अहिले ओरालो मार्गमा हिडाएको छ । ५ बर्ष सरकार चलाउने नेतृत्व र पार्टीको नेतृत्वमा रहेका ओलीले दुवै संस्थालाई हाक्न नसक्दा राजनितिक बृत्तमा अस्तव्यस्त देखिएको छ । नेपाली जनताले चाहेको नयाँ नेपाल निर्माणको परिकल्पना ओली सरकारले गर्न नसकेपनि विवाद र छलपकटमा सरकार र कम्यूनिष्ट पार्टी अहिले कमजोर अवस्थामा पुराउने जिम्मा ओलीले पाएको छन् । आफ्ै पुराना र त्यागी नेताहरुको तिरस्कार तथा सरकारका सहयात्रीहरु प्रति ओलीको बिष गमन प्रवृत्ती हावी हुदाँ यथास्थितीबादीको नेतृत्व गर्ने देउवा सरकार निर्माण भएको छ । नेता र पार्टीहरुले आफ्नो मनोकाक्षा पुरा गरेपनि यसरी सरकार पुरा समय टिक्न नसक्दा नेपाली जनताको पक्षमा राज्यले गर्नुपर्ने काम र कर्तव्यहरु गर्न नसक्ने देखिन्छ । यसैले नेपाली जनताको चाहाना र आकांक्षालाई पुरा गर्न स्थायी र दुर्दर्शी नेताको नेपालमा आवश्यकता देखिन्छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.