logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    एमाओवादीको नगर प्रशिक्षण


    १ चैत्र २०७२ , सोमबार

    एमाओवादीको  नगर प्रशिक्षण

    भैरहवा, फागुन । एनेकपा माओवादी सिद्धार्थनगर नगरकमिटिले शुक्रवार अगुवा कार्यकर्ता भेला तथा परिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
    पार्टिका नगर संयोजक सन्देश चापागाईको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रममा पार्टिका स्थायी समिति सदस्य चन्द्रप्रकास खनाल ‘वलदेव’ ले परिक्षण दिएका थिए ।
    स्थायी समिति सदस्य  तथा ५ नम्वर प्रदेश इञ्चार्ज वलदेवले मधेस आन्दोलन, भारतिय नाकावन्दी, आगामी संबिधानको कार्यान्यन , पार्टीको पुर्न निर्माण , देशको आर्थिक समृद्धीको विषयमाupf-pic1 एमाओवादीले निर्णाक भुमिका खेल्ने वताएका थिए ।
    उनले‘ कार्यकर्ताहरुलाई पार्टीको नितिमा एकतावद्ध भएर अगाडी वढन् निर्देशन दिदै माओवादीको आन्तरिक जनवादलाई वलियो वनाउन सहयोग गर्न समेत पार्टीपंत्ती लाग्न आवस्यक रहेको औल्याएका थिए ।’
    पार्टीका केन्द्रिय सदस्य तथा रुपन्देही इञ्चार्ज माधव शर्माले पार्टीका आन्तरीक समस्या र यसको समाधान तथा लेलिनवादी पद्धतीको विषयमा कार्यकर्ताहरुलाई प्रशिक्षित गरेका थिए ।
    प्रशिक्षण कार्यक्रममा पार्टीका जिल्ला उपाध्यक्ष राहुल, सचिव प्रेम गुरुङ, सचिवालय सदस्य सोमनाथ शर्मा लगाएको उपस्थित रहेको एमाओवादीका जिल्ला सचिवालय सदस्य चोपलाल आर्चायले जानाकारी दिए ।
    पार्टीका नगर सचिव मनिष कुमार जोशीको सञ्चालन तथा नगर सहसंयोजक गोविन्द केवटको स्वागतमा सञ्चालन भएको कार्यक्रममा १ सय ७३ जना कार्यकर्ताहरुका सहभागीता रहेको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.