कमल रायमाझी
भैरहवा । कोरिया नेपाल इन्स्टिच्युट अफ टेक्नोलोजी वुटवलले शुक्रवार देखी सप्ताहव्यापी कोरियन फुड,स्पोट र फिल्म फेस्टिवल रुपन्देहीको तामनगरमा शुरु गरेको छ ।
दुइ हप्ता सम्म चल्ने यो फेस्टिवलले दक्षिण कोरियाको सस्कृतिको विषयमा इन्स्टिच्युटका विद्यार्थी,अभिभावक र स्थानियहरु लाई जानाकारी गराउनका लागी गरिएको आयोजकले वताएका छन् ।
यो कार्यक्रमले नेपाल कोरिया विच सस्कृती समायोजन गर्नमा सहयोग पुराउने उद्धेश्यले गरिएको इन्स्टिच्युटका प्रमुख कोरियन सल्लाहकार हवाङ सिउन योनले जनाउनुभयो ।
कोरिया जान चाहनेहरुका लागी समेत यो फेस्टिवलमाले सहयोग पुराउने आयोजनको भनाई रहेको छ ।
गर्मि र जाडो गरि वर्षको दुई समय गरिने फुडफेस्टिवलले कोरयन खाना,फिल्म फेस्टिवलले कोरियन कल्चर र स्पोटले खेलको विययमा जानाकारी गराउने उद्धेश्य राखिएको इन्स्टिच्युटका प्रिन्सिपल अव्रिन्द कुमार चौधरीले जानाकारी दिनुभयो ।
फेस्टिवल आयोजना गर्नका लागी कोरियन प्राविधिकहरु समेत इन्स्टिच्युटमा आएको जनाउदै अङकुर नेपालका अध्यक्ष गम्भिर गुरुङले भाषा, सस्कृती आदान प्रदान गर्नका लागी यो उत्कृष्ट माध्यम भएको वताउनुभयो ।
सयौको सख्यामा कोरियन फुडफेस्टिवलमा सहभागी भएकाहरुले समेत कार्यक्रम सकारात्मक भएको भन्दै यसले नेपाल कोरियाको सस्कृती आदान प्रदानमा सहयोग पुराउने जनाएका थिए ।
चार वर्ष पहिले कोरियन सरकारको ४५ करोड रुपैया सहयोगमा निर्माण भएको यो इन्स्टिच्युटमा मेकानिकल इञ्जिनियर, अटो इञ्जिनियर र इलेक्ट्रिकल्स, इलेक्ट्रिोनिक्स इञ्जिनियर पढाउने गरिएको छ ।