logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    व्यवसायीसंग लुम्बिनीखबरको ६ प्रश्न


    १२ असोज २०७८ , मंगलबार

    व्यवसायीसंग लुम्बिनीखबरको ६ प्रश्न
    लुम्बिनी होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष तथा सिद्धार्थनगर–७ आवारोड स्थित बुनु रेष्टुरेण्टका प्रबन्ध निर्देशक विष्णु न्यौपाने

    लुम्बिनी होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष तथा सिद्धार्थनगर–७ आवारोड स्थित बुनु रेष्टुरेण्टका प्रबन्ध निर्देशक विष्णु न्यौपाने

    उद्योग व्यवसाय न फस्टाएसम्म दिर्घकालिन विकास सहितको समृद्ध सम्भव हुदैन । यसैले हामीले उद्योग व्यवसायको प्रवर्धन हुनेगरी व्यवसायीसंग छ प्रश्न स्तम्भ सुरुवात गरेका छौ । यस अंकमा हामीेले लुम्बिनी होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष तथा सिद्धार्थनगर–७ आवारोड स्थित बुनु रेष्टुरेण्टका प्रबन्ध निर्देशक विष्णु न्यौपानेलाई ६ प्रश्न सोधेका छौं । प्रस्तुत छ व्यवसायी न्यौपानेसंग लुम्बिनीखबरले गरेको कुराकानी :

    १. देशको अर्थतन्त्रलाई सबल बनाउन यस संस्थाले कस्तो भूमिका खेलेको छ ?
    देशको अर्थतन्त्रको प्रमुख अधार मध्येको पर्यटन क्षेत्र र पर्यटन क्षेत्रको प्रमुख स्तम्भ भनेको अतिथि सत्कार हो जुन होटलमा नै अधिकतम प्राप्त हुन्छ । अन्तरिक होस् या बाह्य पर्यटन जसलाई आत्मदेखि नै सन्तुष्ट राख्ने कोसिस होटलमा हुन्छ । देशको अर्थतन्त्रमा होटल व्यवसायको प्रत्यक्ष प्रभाव छ । अधिकतम रोजगारी र राजस्व यहि व्यवसायबाट हुने हुनाले अर्थतन्त्रमा प्रत्यक्ष असर रहेको हुन्छ ।

    २. हाल तपाई लुम्बिनी होटल तथा रेष्टुरेन्ट व्यवसायी संघको अध्यक्ष पदमा निर्वाचित हुनु भएको छ, यस संस्थालाई अगाडी बढाउन के-कस्ता योजनाहरु तय गर्नु भएको छ ?
    सर्व प्रथम त मेरो प्राथमिकता भनेको होटल व्यावसायीलाई मर्यादित पेशामा रुपान्तरण (परिवर्तन) गर्नु हो । पर्यटनको प्रमुख आधार मानिने यो व्यावसायिक अध्यक्षतामा आउँदै गर्दा व्यवसायीहरुको हालको मर्म खोपको सुनिश्चितता, व्यवसाय संचालन गर्दा अन्य व्यवसायबाट अलि कमजोर सम्झने व्यावसायिक दुर्वलता हटाई मर्यादित पेशाको रुपमा रुपान्तरण गरि स्थानीय सरकार, प्रशासन संग समन्वयकारी भूमिका र व्यवसायमा परेका समस्याहरुको निराकरण तर्फ नै मेरो कदम रहनेछ ।

    ३. यहाँ आवद्ध रहेको संस्थाको अवस्था कस्तो रहेको छ ? र यस संस्थामा कति जना आवद्ध हुनुहुन्छ ?
    व्यवसायीहरुको आपसी सहयोग, सद्भाव र अतिथि देवो भव मुलमन्त्र लिएको विशुद्ध व्यावसायिक संस्था हो । २०६९ सालमा गठन भएको संगठन हाल ५ सय बढी व्यवसायीको संगठन हो यो ।

    ४. यो संस्था स्थापना पछिको सफलता कस्तो रहेको छ ? यसका अहिलेका समस्याहरु के-के छन् ?
    संस्था संगठन स्थापना गर्नुको प्रमुख उद्देश्य भनेको नै व्यवसायीहरुको समस्याको समाधानको लागि सम्बन्धित निकायमा यसको आवाज बुलन्द गराई समाधान तर्फ लैजानु नै हो । स्थापना कालदेखि हालसम्म अनेकन समस्याहरु समाधान गर्दै आएपनि हालको समस्या भनेको सरकारले व्यवसायीहरु प्रति हेर्ने नजर कमजोर हुनु हो । हाल आएर कोभिड्का कारणले बन्द भई जिर्ण अवस्थामा पुगेको होटल तथा रेष्टुरेन्ट व्यवसायको घर बहाल, बैंक व्याज र कर प्रति सरकारको दृष्टि कमजोर रहेको र सिमा बन्द भएर भारतीय पर्यटकहरुको आगमन नहुनुले सिमा क्षेत्रका व्यवसायीहरुको स्थिति दयनीय रहेको छ ।

    ५. यो संस्था स्थापना गर्नुको लक्ष्य के हो र संस्था स्थापना पछिका व्यवसायीका अपेक्षा के-के रहनेछन् ?
    यो संस्था स्थापना गर्नुको प्रमुख उद्देश्य नै व्यवसायीहरुको आर्थिक अवस्था सबल बनाई राष्ट्रलाई आर्थिक टेवा पुर्याउनु हो । हामीले आफ्नो संगठनको नाम पुर्व नै एउटा नारालाई आत्मसाथ गर्दछौ । कि अतिथि देवो भव सबै संग सेवा र सत्कार, अर्थतन्त्र निर्माणमा पर्यटन नै प्रमुख आधार यसले पनि स्पष्ट हुन्छ कि संगठनको निर्माण किन गरियो भनेर । यस संगठनबाट व्यवसायीहरुले व्यावसायिक सफलताको लागि आवश्यक तालिम, गोष्ठी तथा नेपाल सरकारबाट निर्देश भएका करका दायराहरुका बारेमा जानकारी एवं व्यवसायमा आवश्यक प्रमुख कारकहरु प्रति सचेतना नै हो ।

    ६. यहाँले यो व्यवसाय नै रोज्नुको कारण के हो ?
    यो व्यवसाय भनेको सबै खालका आचरण भएका मानिसहरुलाई बुझ्न पाउनु र सबैलाई एकै खालको स्वागत र सम्मान हुनु हो । अझ भन्ने हो भने कसैको भोको पेट भर्न पाउँदाको आत्मिय आनन्द र आफ्नै घर भन्दा पनि आत्मसम्मानका साथ कसैलाई प्रफुल्लित पार्न सक्नु पछाडिको आत्मसन्तुष्टि नै मेरो पेशा प्रतिको आकर्षण हो । अर्को तर्फ थोरै लगानीबाट पनि आफु, समाज, परिवार र सरकार राष्ट्रकै लागि सेवा गर्न पाउनु अर्को कारण पनि हो ।

     

     

     

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.