logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    नेपालको सफलताको कामना गर्दै भैरहवामा दुर्गा पूजा (भिडियाे)


    ६ कार्तिक २०८० , सोमबार

    नेपालको सफलताको कामना गर्दै भैरहवामा दुर्गा पूजा (भिडियाे)

    भैरहवा, कार्तिक ६ । नेपालीहरुको महानपर्व विजयादशमी विधिवत्रुपमा सुुरु भएको छ । यो पर्वको भैरहवामा आफ्नै महत्व रहेको छ । भैरहवा विजया दशमीमा दुर्गा पूजासमेत भव्यताकासाथ मनाउने गरिन्छ । भैरहवाका प्रत्येक बस्तीहरुमा अहिले दुर्गामाताको मुर्ती स्थापना गरी पूजाअराधाना गरिने गरेको छ ।

    घटस्थापनाका दिन कलश यात्रा निकाल्ने र विधिसंगै दुर्गा पूजाको आरम्भ गर्ने प्रचलन रहि आएको छ । विजया दशमी शुरु भएपछि भैरहवामा महिलाहरुले दुर्गामाताको मन्दिरमा गई दुबो, धान, बेसार, सिन्दुर, सुपारी, पान र भेटी चढाई पूजा गर्दछन् । भैरहवाका विभिन्न बस्ती गल्लामण्डी, बेलहिया, शान्तिनगर, अञ्चलपुर, बैंककलोनी, जनतापथ, नारायणपथ लगायतका स्थानमा दुर्गामाताको मुर्ति स्थापना गरी पूजा अराधना गरिएको छ ।

    सप्तमीका दिन कालारात्री माताको उत्पत्ती भएकाले आजको दिन विशेष रहेको आचार्य पंडित नारायण पौडेल बताउनुहुन्छ । उहाँले सप्तमीको दिन दुर्गा माताको आखाँमा लगाएको पट्टी खोल्ने र विशेष पूजा गरिने गरेको बताए । यहाँ ९ दिनसम्म निराहार व्रत बस्ने परम्परा समेत छ । निराहार व्रत गर्नेहरुले दुर्गा पूजाको नवौँ दिन कुमारी कन्यालाई पूजा गरेर भोजन गराउने परम्परा छ ।

    विजया दशमीको अन्तिम दिन जमरासहित मान्यजनबाट टिका लगाउने र आर्शिवाद लिने प्रचलन छ । सो अवसरमा भक्तजनहरुले देविमाताको पूजा आराधाना गर्ने सत्मार्गमा लाग्ने प्रार्थाना गर्ने गर्दछन् । दुर्गा माताको पूजा गर्दा आनन्द र कुकर्मबाट मुक्ती हुने स्थानीय भक्तजन बिनोद आचार्य बताउछन् । विजयादशमी तथा दुर्गा पूजाको अवसर पारेर लायन्स क्लब अफ सिद्धार्थनगर टुलिपले स्वास्थ्य शिविर समेत सञ्चालन गरेको छ । दुर्गा मन्दिरमा आउने भक्तजनहरुलाई मध्यनजर गरेर स्थास्थ्य शिविर सञ्चालन गरिएको लायन्स क्लब अफ सिद्धार्थनगर टुलिपका सचिव उषा क्षेत्रीले बताइन् ।

    भारतीय सीमासँग जोडिएको भैरहवामा सप्तमीको दिनदेखि विजया दशमीको दिनसम्म दुर्गामाताको पूजाआजा गर्नुका साथै निराधार व्रत बसी आफ्नो, परिवार, आफन्तजन र राष्ट्रको सफलताको पक्षमा प्रार्थाना गर्ने गरिन्छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.