logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    भैरहवामा छठ पूजाको तयारी (भिडियो)


    १ मंसिर २०८० , शुक्रबार

    भैरहवामा छठ पूजाको तयारी (भिडियो)

    बिशन गुरुङ


    भैरहवा, मंसिर २ । अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिएर मनाइने छठपर्वका लागि भैरहवा क्षेत्रमा रहेका छठपोखरी तथा नदिहरु सिङ्गार्न सुरु भएको छ । छठपूजाका लागि डण्डा नदि, गोनाहिया, आर्मी ब्यारेक, हनुमान मन्दिर गल्लामण्डीमा रहेका छठ पोखरीहरु सिङ्गारिन सुरु गरिएको हो । मंसिर ३ गते हुने छठपूजाका लागि भैरहवा क्षेत्रमा रहेका नदि र छठ पोखरीहरु सफा र पूजाका लागि पूर्व तयारी भइरहेको देखिन्छ ।

    छठपर्व मनाउनका लागि श्री कालीभक्ति गण (ई) भैरहवा ब्यारेक भित्र पनि तयारी अन्तिम अवस्थामा पुगको छ । यहाँ विगत ७० वर्षदेखि छठ पूजा हुँदै आएको छठ पूजा समारोह समितिका संयोजक आनन्दप्रसाद गुप्ताले जानकारी दिनुभयो । श्री राम जानकी हनुमान मन्दिर सेवा समितिका अध्यक्ष नरेन्द्र प्रसाद रौनियारले छठपर्वको हिन्दुहरुमा ठूलो महिमा रहेको भन्दै पूजाको तयारी अन्तिम अवस्थामा पुगेको बताउनुभयो ।

    श्रीराम जानकी हनुमान मन्दिर ३ बिघा ३ कठ्ठा १७ धुरको क्षेत्रफलमा फैलिएको छ । यहाँ विगत ७ वर्षदेखि छठपूजा हुँदै आएको छ । त्यस्तै ओमसतिया गाउँपालिका–४ स्थित बालापुरमा पनि छठपूजाका लागि डण्डा नदिको सरसफाई सुरु गरिएको छ । पूजा समितिका अध्यक्ष महेश यादवले छठपूजाको तयारी अन्तिम अवस्थामा पुगेको जानकारी दिनुभयो । उहाँले नदिको सरसफाई तथा सौन्दर्यीकरण तीव्र गतिमा भइरहेको जानकारी दिनुभयो ।

    ओमसतिया गाउँपालिका–४ का वडा सदस्य ओमकारनाथ पाण्डेले नेपालीहरुको राष्ट्रिय पर्वको रुपमा रहेको छठपर्वलाई भव्य र सभ्यरुपमा मनाउनका लागि गाउँपालिकाले सकारात्मक भुमिका खेलेको बताउनुभयो । सिद्धार्थनगर नगरपालिका–९ स्थित गोनहिया नदिमा पनि छठपूजाको तयारी दु्रत गतिमा भइरहेको छ । छठपूजा समितिका अध्यक्ष विरेन्द्र यादवले भक्तजनको चापलाई मध्यनजर गरेर पूजास्थलको व्यवस्था गरिएको बताउनुभयो । उहाँले बाँस गाड्ने, घाट सजावत तथा झिलीमिलीका लागि बत्ती जोड्ने, पाल टाँग्ने काम भैरहेको जानकारी दिनुभयो ।

    भैरहवा क्षेत्रमा भक्तजनहरु बढ्दै गएपछि छठपूजागर्न नयाँ पोखरी र नदिहरुको खोजी शुरु भएको छ । यसक्षेत्रका रोहिणी, दानव नदि छठ लगायतका ३ दर्जन भन्दा बढि स्थानमा करिब ५० हजारको सख्यामा भक्तजनहरु छठपूजामा सहभागी हुने गरेका छन् । यो पर्वमा चोखो र शुद्धतामा अन्यन्तै ध्यान दिने गरिन्छ साथै विधि र विधानले छठपूजा गरिए सम्पूर्ण कष्ट हटेर जान्छ भन्ने जनविश्वस पनि छ । जसका लागि अस्ताउँदो र उदाउँदो सूर्यलाई आराधाना गरिन्छ । छठपूजामा ऊखु, केरा, मिठाई, नरिवल र अदुवाको प्रसाद बनाइन्छ । मधेसी समुदायले मात्र मनाउने यो पर्व पछिल्लो समय पहाड एवं हिमालीक्षेत्रमा पनि मनाउन थालिएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.