logo
  • १६ कार्तिक २०८३ , आइतबार
    • ट्रेन्डिङ

    भोटेकोशी बाढीका मृतकको स्मृतिमा मेची–महाकाली साइकल यात्रा लुम्बिनीमा


    १६ कार्तिक २०८३ , आइतबार

    भोटेकोशी बाढीका मृतकको स्मृतिमा मेची–महाकाली साइकल यात्रा लुम्बिनीमा

    लुम्बिनीखबर
    भैरहवा, १५ कात्तिक । भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाहरूको स्मृतिमा साइकल यात्री रवीन्द्र महर्जनले सुरु गर्नुभएको मेची–महाकाली साइकल यात्रा लुम्बिनी प्रदेश आइपुगेको छ । गत भदौ १० गते रसुवा, नुवाकोट, धादिङ र गोरखा जिल्लामा आएको अप्रत्याशित बाढीमा परी ज्यान गुमाएका व्यक्तिहरूको स्मृतिमा उहाँले साइकल यात्रा सुरु गर्नुभएको हो । ललितपुरको महालक्ष्मी नगरपालिका–६, सिद्धिपुर निवासी महर्जनले साइकल यात्रामार्फत दिवङ्गतहरूको स्मृतिलाई सम्मान गर्नुका साथै देशका प्रमुख पर्यटकीयस्थलको प्रचारप्रसार र आन्तरिक पर्यटन प्रवर्द्धनमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

    साइकल यात्री महर्जनलाई स्वागत गर्दै साइकल यात्री तथा पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाका पूर्वनगरप्रमुख धीरज शर्मा बस्यालले प्राकृतिक विपत्तिमा ज्यान गुमाएकाहरूको स्मृतिमा शोकलाई शक्तिमा बदल्दै मेची–महाकाली यात्रामा निस्कनु प्रशंसनीय कार्य भएको बताउनुभयो । शनिबार रुपन्देही हुँदै लुम्बिनीबाट कपिलवस्तु पुग्नुभएका महर्जनले साइकल यात्राले पर्यावरण संरक्षण, स्वास्थ्य सचेतना र सामाजिक रूपान्तरणमा सकारात्मक योगदान पुर्‍याउने बताउनुभयो। गत कात्तिक ९ गते झापाको भद्रपुर नगरपालिकास्थित मेची पुलबाट सुरु भएको यात्रा आगामी कात्तिक १७ गते महाकाली पुगेर समापन गर्ने लक्ष्य राखिएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.