logo
  • १६ कार्तिक २०८३ , आइतबार
    • ट्रेन्डिङ

    बुटवलमा साढे दुई करोड लगानीमा अत्याधुनिक मनोरञ्जन केन्द्र सञ्चालन


    १६ कार्तिक २०८३ , आइतबार

    बुटवलमा साढे दुई करोड लगानीमा अत्याधुनिक मनोरञ्जन केन्द्र सञ्चालन

    लुम्बिनीखबर
    भैरहवा, १५ कात्तिक । बुटवलको मिलनचोकस्थित डेल्टा कम्प्लेक्समा नयाँ प्रविधिमा आधारित १८ डी प्लस मुभी थिएटर र मिरर मेज (ऐनाको भुलभुलैया) सञ्चालनमा आएको छ । चार जना युवा व्यवसायीको संयुक्त लगानीमा नेक्स्टजेन एडभेन्चर इन्टरटेनमेन्ट प्रालिले उक्त मनोरञ्जन केन्द्र सञ्चालनमा ल्याएको हो । केन्द्रको औपचारिक उद्घाटन कात्तिक १५ गते गर्ने तयारी गरिएको छ । प्रकाश भुसाल, दीपक ढकाल, सुदीप काफ्ले र सिद्धार्थ थापाको संयुक्त लगानीमा स्थापना गरिएको केन्द्रमा हालसम्म करिब दुई करोड ५० लाख रुपैयाँ लगानी भएको सञ्चालकले जनाएका छन् ।

    केन्द्रमा जडान गरिएको १८ डी प्लस प्रविधिको मुभी थिएटरमा दर्शकले चलचित्र हेर्दा दृश्यसँगै विभिन्न विशेष प्रभावको अनुभव लिन सक्नेछन् । त्यस्तै, मिरर मेजमा ऐना र विशेष प्रकाशको संयोजनबाट तयार गरिएको भुलभुलैयाले फरक किसिमको मनोरञ्जन प्रदान गर्नेछ ।

    बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म सबै उमेर समूहलाई लक्षित गरी स्थापना गरिएको केन्द्रले बुटवलमा मनोरञ्जनका नयाँ विकल्प थप्नुका साथै पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्‍याउने सञ्चालकको विश्वास छ ।आगामी दिनमा थप आधुनिक प्रविधिमा आधारित खेल तथा मनोरञ्जनका सुविधा विस्तार गर्ने योजना रहेको सञ्चालकले बताएका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.