logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    सिद्धार्थ भिलासामा आनन्दका लागि ‘सटरडे ब्रन्च’ भिडियाे


    २७ फाल्गुन २०८० , आइतबार

    सिद्धार्थ भिलासामा आनन्दका लागि ‘सटरडे ब्रन्च’ भिडियाे

    आकाश चौधरी
    भैरहवा । मानिसको व्यस्त जीवनलाई आनन्द दिनका लागि होटल सिद्धार्थ भिलासाले सटर–डे ब्रन्चको सुरुवात गरेको छ । लेट ब्रेकफास्ट तथा एयरल्ली लञ्चको अवधारणा अनुसार भिलासाले प्रत्येक शनिवार दिउँसो १२ बजे देखि ४ बजे सम्म ब्रन्चको आयोजना गरिरहेको छ । इटालियन, बारबीक्यू, शाहकारी, मांसहारी, नेपाली सेलरोटी, बेकरीका प्रकार लगायत ५० प्रकारका खाना सटर–डे ब्रन्चमा उपलब्ध भएको होटलको व्यवस्थापन शाखाले जनाएको छ ।

    सटर–डे ब्रन्चका ग्राहकका लागि निःशुल्क स्विमिङ पुलको सुविधासमेत उपलब्ध गराइएको होटलले आफ्नो सूचना पाटी मै जानकारी दिएको छ । पाहुनाका लागि रमाइलो वातावरण उपलब्ध गराउने उद्देश्य रहेको सटर–डे ब्रन्चमा ४ सय जना सम्मलाई खाना खुवाउन सक्ने होटलले जनाएको छ । भैरहवा, बुटवल, भारतीय र विदेशी पर्यटकलाई मध्यनजर गरेर सटर–डे ब्रन्चको व्यवस्था गरिएको हो ।

    होटलका महाप्रबन्धक काशिराम अधिकारीले भन्नुभयो, ‘‘ग्राहकहरूको रमाइलो र आनन्दका लागि स्विमिङ पुलसहित सटर–डे ब्रन्चको सुरुवात सिद्धार्थ भिलासाले गरेकोले यसक्षेत्रका उद्योगी व्यवसायीहरूको रोजाईमा परेको छ ।’’ उहाँले भन्नुभयो, ‘‘सिद्धार्थ भिलासा सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीको लगानी र म्यानेजमेन्टमा चलेको छ । यो ग्रुप २६ वर्षमा हिँडिरहेको छ । साधारण चिया पसलबाट २६ वर्ष अघि कैलालीको टिकापुरबाट सुरु भएको यो हस्पिटालिटीले अहिले ३२ वटा शाखाबाट ग्राहकहरुलाई सेवा दिइरहेको छ । बुद्ध सर्किटमा आउने अन्तर्राष्ट्रिय पर्यटक, भारतीय र स्वदेशी पर्यटकलाई मध्यनजर गरेर सञ्चालनमा आएको यो होटल यस क्षेत्रको लागि ल्याण्ड मार्क हो ।

    पूर्वको बिर्तामोड, पश्चिममा महेन्द्रनगर देखि काठमाडाैं र सुर्खेतसम्म आफ्नो लगानीमा सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीले पर्यटकीय होटलहरू सञ्चालन गरिरहेको महाप्रबन्धक अधिकारीले बताउनुभयो । होटल भिलासाका एक्जिक्युटिभ सेफ राजेन्द्र घिमिरेले सटर–डे ब्रञ्चमा इटालियन फुड, पास्ताको प्रकार, भेज र ननभेज स्पेशल मम, नेवारी खाना, इन्डियन खाना, लगायत ५० भन्दा बढि प्रकारका खानाको मज्जा लिदै रमाइलो गर्न सकिने जानकारी दिनु भयो ।

    साढे २ अर्ब रुपैयाँ लगानीमा लुम्बिनी प्रदेशको एकमात्र पाचँ तारे होटल सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीले सञ्चालनमा आएको छोटो अवधीमा नै ग्राहकको रोजाईमा पर्न सफल भएको छ । भैरहवाको अञ्चलपुर स्थित सिद्धार्थ कोलोनीमा रहेको यो होटल साढे चार बिघा क्षेत्रफलमा फैलिएको छ । सभा हल, तीन वटा सेमिनार हल, लबी लाउन्ज, अल डे डाइनिङ, रूफ टप रेस्टुरेन्ट, स्विमिङ पुल, फिटनेस, जिम हल, स्पा सहितको हेल्थ क्लब, योगा लगायतका पूर्वाधार रहेको होटलले आफ्ना सेवाहरू सुरु गरेको छ । डिलक्स एक्जिक्युटिभ स्वीट, प्रेसिडेन्सियल स्वीट, स्वीट र ७२ वटा डिलक्ससहित ८५ वटा कोठा होटलमा रहेको होटलका महाप्रबन्धक अधिकारीले बताउनुहुन्छ ।

    होटलमा पूर्ण सुविधायुक्त क्यासिनोसमेत सञ्चालनको तयारीमा रहेको छ । होटल पूर्ण सञ्चालनमा आएपछि ६ सय जनाले रोजगारी पाउने होटल व्यवस्थापन शाखाले जनाएको छ । स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा परेको यो होटलमा पूर्व राजा ज्ञानेन्द्र शाह लगायतका भिभिआइपीलाई समेत आतिथ्यता दिई सकेको छ । लुम्बिनीबाट २० किलोमिटर, अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ किलोमिटर दुरीमा रहेको यो होटल पूर्णरुपमा पारिवारिक वातावरणमा रहेको ग्राहकहरूले बताउने गरेका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.