logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    वसन्त चौधरीको काव्य यात्रा अष्ट्रेलियामा


    २३ असार २०७३ , बिहिबार

    वसन्त चौधरीको काव्य यात्रा अष्ट्रेलियामा

     

    गत वर्ष केही शिथिल रहे तापनि यस वर्ष उदयीमान रोमान्टिक कवि तथा गीतकार वसन्त चौधरीको एकल विश्व काव्य यात्रा पुनः सल्बलाउन थालेको छ। विनाशकारी महाभूकम्पले निम्त्याएको समस्यासँग जुझ्दै र तिनका पीडाहरूमा मल्हम लगाउँदा–लगाउँदै आफ्ना पिताको स्वास्थ्य बिग्रिन थालेका कारण साहित्य सिर्जना र प्रस्तुतिमा ह्रास आउनु स्वाभाविक थियो नै। पाँच महिनापूर्व पिता लुनकरणदासको निधनपश्चात् कविर गीतकार वसन्तकेही समय अझ बढी शिथिल देखिन्थे।

    यो वर्ष कवि बसन्तका सिर्जना धर्मितामा केही थप बहार आउने अपेक्षा गरिएको छ। नेपाली भाषा, साहित्य र संस्कृतिलाई प्रवासी नेपालीबीच जीवन्त राख्ने अभिप्रायले थप सार्थकता पाउने आशा गर्न गरिएको छ।

    कार्यक्रम अनुसार असार १० गते अष्ट्रेलियाको सिड्नीमा १० जना अष्ट्रेलियन कविहरूसँग बसन्तले अन्तरक्रिया गर्नेछन्। आफ्ना रचनाहरूमध्ये अङ्ग्रेजीमा अनुदित केहीलाई लिएर अङ्ग्रेजी भाषामै उनले अन्तरक्रिया गर्नेछन्। साथमा समसामयिक नेपाली साहित्य र संस्कृतिको विश्लेषणात्मक विवेचना गर्दै साहित्यिक अन्तरक्रियालाई विट मार्ने योजनामा छन् कवि चौधरी।

    कार्यक्रमको दोस्रो दिन असार ११ गते शनिबार सिड्नीस्थित साहित्यप्रेमी प्रवासी नेपालीहरूद्वारा सञ्चालित ‘साताको साहित्य डट कम’ को आयोजनामा कवि÷गीतकार चौधरीको एकल विश्व काव्य यात्राको १७ औं श्रृङ्खला आयोजना हुने छ। उक्त कार्यक्रममा स्थानीय नेपाली गायकरगायिकाहरूले कविरगीतकार चौधरीका चर्चित गीतहरू पस्कने समेत योजना छ।

    त्यसरी नै असार १२ गते आइतबार अष्ट्रेलियाको मेलवर्न्स्थित थर्न ब्युटी थिएटरमा नेपाली सोसाइटी, ल्याङ्ग्वेज एण्ड कल्चरको आयोजनामा कविरगीतकार चौधरीको विश्व काव्य यात्राको १८ औं श्रृङ्खला पस्कने कार्यक्रम छ। उक्त दुबै कार्यक्रममा कवि चौधरीले आफ्ना नवीनतम् र केही चर्चित पुराना गरी डेढ दर्जन काव्यिक बान्की प्रस्तुत गर्नेछन् भने मेलवर्नमा रहेकी स्मृति पोखरेलले आफ्नो कोकिल कण्ठमार्फत् कवि चौधरीका चर्चित गीतहरू गाउनेछिन्।

    त्यसैगरी, आगामी साउन २२ गते शनिबार बेल्जियमको ब्रसेल्समा र आगामी सेप्टेम्बररअक्टोबरमा रुसको मस्को तथा जर्मनीको फ्राङ्कफर्टमा श्री चौधरीको एकल विश्व काव्य यात्राका थप श्रृङ्खलाहरू मञ्चित हुनेछन्।
    सेतोपाटी

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.