
काठमाडौं, असार । बहुप्रतिष्ठित मदन पुरस्कार २०७२ का लागि सात पुस्तक अन्तिम शीर्ष छनोटमा परेका छन् ।
मदन पुरस्कार गुठीले २०७२ सालको मदन पुरस्कारका लागि अन्तिम छनोटमा पपरेका सात पुस्तकको सूची सार्वजनिक गरेको हो ।
मदन पुरस्कार गुठीका सचिव कुन्द दीक्षितले विज्ञप्ति जारी गरी सात पुस्तकको नाम सार्वजनिक गरेका हुन् । मदन पुरस्कारको अन्तिम छनोटमा परेका सात शीर्ष मध्ये एक पुस्तकलाई पुरस्कार प्रदान गरिनेछ ।
छानिएका सात पुस्तकमा भुवनहरी सिक्देलको आमोईदेखि बुद्धिसागरको फिरफिरेसम्म छन् ।
सात पुस्तकहरुमा भुवनहरी सिग्देलको आमोई, रामलाल जोशीको ऐना, नीलम कार्की निहारिकाको चीरहरण, घनश्याम खड्काको निर्वाण, सरिता तिवारीको प्रश्नहरूको कारखाना, बुद्धिसागरको फिरफिरे र दामोदर पुडासैनी ‘किशोर’को सिमानाका रङ्ग सिमानाका तरङ्ग रहेका छन् ।