रुपन्देही,१७ चैत । रायमाझी कुलदेवता नगर समिति वुटवलले शनिवार नगर भेला शंकरनगरको वनवाटिकामा गर्ने भएको छ ।
दाजुभाई विचको आपसी सम्वन्ध वलियो वनाउनका लागी यो भेला गर्न लागिएको नगर समितिका संरक्षक नारायण रायमाझीले वताए ।
जिल्ला भरि छरिएर रहेका दाजुभाई तथा दिदि वहिनीहरुलाई एक ठाउमा भेला गरेर आपसमा परिचय गराउनुको साथै एकतावद्ध वनाउन खोजिएको नगर अध्यक्ष राजेन्द्र रायमाझीले जानाकारी दिए ।
पाल्पा जिल्लाको छहरामा मुल थलो रहेका रायमाझीहरु विभिन्न जिल्ला तथा विदेशमा समेत छरिएर रहेको जानाकारी दिदै समितिका सचिव राम वहादुर रायमाझीले जिल्ला जिल्लामा दाजुभाई विच परिचय आवस्यक रहेकाले रुपन्देहीमा भेला गर्न लागिएको वताए ।
देशभरि ५ लाखको सख्यामा रहेका रायमाझीहरुको सबै जिल्लामा आफ्ना जिल्ला कमिटि हुदै अञ्चल र केन्द्रिय समिति समेत रहेको छ ।