भैरहवा,१८ चैत ।हिन्दु स्वयंसेवक संघ नेपालको आयोजनामा भैरहवामा संस्कृति रक्षा दौड हुने भएको छ ।नया“ वर्ष २०७३ को अवसर पारेर आगामी वैशाख १ गते उक्त दौडको आयोजना गरिएको हो ।राष्ट्रिय स्वाभिमान र संस्कृति रक्षाको लागि हुने दौड कार्यक्रममा सहभागी हुनेहरूलाई रु. २०० प्रवेश शुल्क तोकिएको छ भने प्रत्येक सहभागीहरुलाई टि–सर्ट उपलब्ध गराइने र जलपानको समेत व्यवस्था रहेको कार्यक्रम सह–संयोजक सुरज उपाध्यायले जानकारी दिए । साथै कार्यक्रमको उद्घाटन पूर्वप्रधान सेनापति रुक्मांगत कटुवालले गर्ने उपाध्यायले जानकारी दिए ।दौडमा विजयी सहभागीहरुलाई प्रथम पुरस्कार रु.११ हजार, द्वितीय पुरस्कार रु.७ हजार, तृतीय पुरस्कार रु.५ हजार र सान्त्वना पुरस्कार २ जनालाई रु.११ सय प्रदान गरिने जनाइएको छ । भैरहवाको सनसाइन कलेजबाट विहान ६ः३० बजे प्रारम्भ हुने दौड नगरका विभिन्न स्थान ह“ँदै पुनः सोही कलेजमा पुगेर समापन गरिनेछ ।