ओमसतिया, चैत ८ । नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार ओमसतिया–१, ठुटिपिपलको आयोजनामा भइरहेको नवयुवा कप फुटबल प्रतियोगिताको आज सम्पन्न दोश्रो सेमिफाइनल खेलमा शुन्यको विरुद्ध ३ गोलले सन्जिवनी युवा क्लब, बागधुरा तिलोत्तमा–१४, विजयी भएको छ । ओमसतिया–२ स्थित कर्मडाँडा खेल मैदानमा सन्जिवनीका १७ न. जर्सीका गणेश हमालले पहिलो मिनेट मै सरप्राइज गोल गरेर शुरुआती अग्रता दिलाएका थिए । बलले नवयुवा क्लबको पोस्ट क्षेत्र तर्फ जान नपाउँदै तेस्रो मिनेटमै जर्सी न. ८ का अजित लामाले नवयुवाको गोल पोस्टमा दोस्रो गोल चुमाउन सफल भए । २ गोलले पछाडी परेता पनि नवयुवाका खेलाडीहरुले निकै उच्च खेलको प्रर्दशन गर्दै जवाफी गोल हान्न निकै प्रतिस्पर्धा गरेका थिए ।

सन्जिवनी क्लबका गणेश हमालले दोस्रो हाफको २१औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका थिए । नवयुवाले निक्कै प्रतिस्पर्धा गरे पनि पुरा समयमा बिना गोल नै चित्त बुझाउनु परेको थियो । आजको म्यान अफ दि म्याच पुरस्कार सन्जिवनी क्लबका खेलाडी गणेश हमाललाई आयोजक सस्था पूर्व खेलाडी बीरबहादुर शाहीले प्रदान गर्नु भएको थिए ।
चैत्र १० गते सम्पन्न हुने फाइनल प्रतियोगिता सन्जिवनी युवा क्लब बाग्धुरा र न्यू राइज युवा क्लब बभनी बीच हुनेछ । फाइनल प्रतिस्पर्धामा सहभागी हुने दर्शकहरुलाइ आकर्षक उपहारको व्यवस्था गरिएको आयोजक संस्थाले बताएका छन् । प्रतियोगितामा विजेताले उपाधिसहित नगद २ लाख २ हजार २ सय २२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १ लाख १ हजार १ सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । कुल १२ टोलीहरुको सहभागिता रहेको छ ।